काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
२५ पटक हेरिएको
Shares
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना सुरु हुने

सारांश

  • काठमाडौं।
  • शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना केही जिल्लामा सुरु भएको छ भने केहीमा अहिले बिहान ७ बजेदेखि सुरु हुने भएको छ।
  • काठमाडौं र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ।

काठमाडौं। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना केही जिल्लामा सुरु भएको छ भने केहीमा अहिले बिहान ७ बजेदेखि सुरु हुने भएको छ।

काठमाडौं र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ। त्यस्तै , ललितपुरमा अहिले बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ।

उता विराटनगर महानागरमा भने बिहान ८ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय वैठकपछि गणना सुरु गरिने भएको हो। हेटौंडा उपमहानगरमा बिहान ७ बजेदेखि मतगणना हुने भएको छ।

चितवनको कालिका र माडी नगरपालिकामा मतगणना जारी छ। त्यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकामा पनि मतगणना जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?