कांग्रेसले टुंगो लगायो तीनवटै महानगरको उम्मेदवार !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०७४
|
|
३३५१ पटक हेरिएको
Shares
कांग्रेसले टुंगो लगायो तीनवटै महानगरको उम्मेदवार !

सारांश

  • काठमाडौं- नेपाली कांग्रेसले काठमाडौं महानगरको मेयर पदमा राजुराज जोशीलाई उम्मेद्‍वार बनाउने भएको छ।
  • उपमेयर पदमा भने हरिप्रभा खड्गीको नाम टुंगो लगाएको छ।
  • काठमाडौंको मेयरका लागि कांग्रेसले स्वास्थ्यमन्त्री गगन थापा र उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई प्रस्ताव गरेको थियो।

काठमाडौं- नेपाली कांग्रेसले काठमाडौं महानगरको मेयर पदमा राजुराज जोशीलाई उम्मेद्‍वार बनाउने भएको छ। उपमेयर पदमा भने हरिप्रभा खड्गीको नाम टुंगो लगाएको छ।

काठमाडौंको मेयरका लागि कांग्रेसले स्वास्थ्यमन्त्री गगन थापा र उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई प्रस्ताव गरेको थियो। उनीहरु दुवै जनाले मेयर उम्मेदवार अस्वीकार गर्दै राजुराज जोशीलाई सहयोग गर्ने बताएपछि उनको उम्मेदवारी तय भएको हो।

कांग्रेसले पोखरा महानगरको मेयर दपमा रामजी कुँवर र उपमयेर पदमा पत्रकार सरस्वती गुरुङलाई उम्मेदवार बनाउने निश्चित गरेको छ।

यसैगरी भरतपुर महानगरको मेयर पदमा दिनेश कोइराला र उपमेयर पदमा पारवती शाहको नाम टुंगो लगाएको छ।

उम्मेदवार चयन गर्न कांग्रेस केन्द्रीय कार्यालयमा बैठक जारी छ। वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनाेनयन दर्ताको समय अाज पाँच बजेसम्म रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?