राप्रपा फुट्नुमा केटीको दोष !
सारांश
- काठमाडौं ।
- राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राप्रविसंका महासचिव राज बस्नेतले राप्रपा फुट्नुमा केटीको पनि दोष रहेको बताएका छन् ।
- बस्नेतले भनेको केटी कुनै स्त्री जाति नभएर कमल थापा हुन् ।
काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राप्रविसंका महासचिव राज बस्नेतले राप्रपा फुट्नुमा केटीको पनि दोष रहेको बताएका छन् । बस्नेतले भनेको केटी कुनै स्त्री जाति नभएर कमल थापा हुन् ।
कमल थापालाई आगामी दशकसम्मको निर्विकल्प अध्यक्ष मान्दा पनि उसले एकैपटक सबै निल्न खोज्दा सर्किएर यस्तो भएको हो पार्टीको फुटलाई इङ्गित गर्दै बस्नेतले भने ।
थापालाई कुनै कार्यकर्ताले पनि अध्यक्षको विकल्पका रूपमा हेरेका थिएनन तर कार्यशैली परिवर्तनको आवश्ष्कता औंलाएका थिए ।
पार्टी फुट्नु आफैँमा राम्रो हैन, तर राजतन्त्रको नारा बोकेकै भरमा अहिलेको मान्छेले हुकुमी शासन नमान्ने कुरा अध्यक्षले बुझ्नुभएन र फलस्वरूप हुकुमीका विरूद्ध विस्फोटन हुन पुगेर नयाँ पार्टीले जन्म लियो ।
साथै अध्यक्ष थापाले नीतिसहित नेतृत्व जित्दा पनि आफैँले थापेको एम्बुसमा आफैँ फसेको भन्दै बस्नेतले भने, ‘अध्यक्षले एकलौटी केन्द्रीय सदस्य मनोनित गरेर अरूका विरूद्ध एम्बुस थापे पनि मनोनित गरेकै केन्द्रीय सदस्य थापाको विरूद्ध पड्किए र आज यो स्थिति भयो ।’
प्रतिक्रिया