कांग्रेसले २ दिनको, नेकपाका सांसदले १ दिनको तलब हावाहुरी पीडितलाई
सारांश
- काठमाडौं ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्राकृतिक विपत्तिमा परेकालाई दुइ दिनको तलब दिने घोषणा गरेका छन् ।
- बारा र पर्साका हावाहुरी पीडितलाई आफ्नो दुई दिनको तलब दिने भएका निर्णय गरेका छन्।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्राकृतिक विपत्तिमा परेकालाई दुइ दिनको तलब दिने घोषणा गरेका छन् । बारा र पर्साका हावाहुरी पीडितलाई आफ्नो दुई दिनको तलब दिने भएका निर्णय गरेका छन्।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले बारा र पर्सा लगायत तराईका विभिन्न स्थानमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप तलब दिने निर्णय गरेको हो ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदको २ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब दिने निर्णय गरेका छन् ।
प्रभावित क्षेत्रमा राहत दिन दुई दिनको तलब उपलब्ध गराउने निर्णय गरेको हो ।
नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाई अपिल गरेका थिए ।
प्रतिक्रिया