‘कांग्रेस फुटाउन पैसा लिने’ उमेश गिरी एमालेमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ४, २०७४
|
|
१८ पटक हेरिएको
Shares
‘कांग्रेस फुटाउन पैसा लिने’ उमेश गिरी एमालेमा

सारांश

  • काठमाडौं.
  • ४ मंसिर।
  • कुनै समय नेपाली कांग्रेस विभाजन गर्न भन्दै एमालेबाट पैसा लिएर चर्चामा आएका उमेश गिरी सोमबार एमालेमै प्रवेश गरेका छन्।

काठमाडौं. ४ मंसिर। कुनै समय नेपाली कांग्रेस विभाजन गर्न भन्दै एमालेबाट पैसा लिएर चर्चामा आएका उमेश गिरी सोमबार एमालेमै प्रवेश गरेका छन्। कांग्रेसका अर्का नेता तथा पूर्व गृहराज्य मन्त्री भीमराज राजवंशीका साथ गिरीलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा पार्टीमा स्वागत गरे।

पछिल्लो समय सक्रिय जीवनबाट टाढा रहेका गिरी कोइराला परिवारका विश्वासपत्र रुपमा चिनिन्छन्। २०४७ सालमा प्रजातन्त्रको पुनर्स्थापनापछि कोइराला परिवारको सरक्षण पाएर उनले पुरै विराटनगरमा एक दशक एकछत्र शासन गरेका थिए।

एमालेले गिरीको प्रवेशसँगै मोरङ कांग्रेसलाई धक्का दावी गरेको छ। पत्रकार हरिबहादुर थापाको पुस्तक दलीय द्वन्द्वमा पनि कांग्रेस फुटाउन एमालेले उमेश गिरीलाई रु.२ करोड दिएको प्रसंग उल्लेख छ।

(तस्विर चक्रपथ डटकमबाट)

उमेश गिरी को हुन ?

विराटनगरमा भारतीय गुण्डाहरूको हालीमुहाली रहेको बेला नेपाली काङ्ग्रेसका उमेश गिरीले मण्डले–कुण्डले परिचालन गरेर आफ्नो सत्ता स्थापना गरेका थिए । २०४६ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको संरक्षण पाएका उनले २०४८ को आमनिर्वाचन, २०५१ को मध्यावधि र २०५४ को स्थानीय निर्वाचनमा काङ्ग्रेसका लागि धेरै ‘काम’ गरे । मोरङमा काङ्ग्रेस उम्मेद्वारहरूलाई जिताउन उमेश गिरीले गरेका फिल्मी शैलीका बुथ कब्जाको चर्चा अहिले पनि सुनिन्छ । दुर्गा सुवेदी भन्छन्, “काङ्ग्रेसलाई लगाएको गुनको बदला उमेशले विराटनगरमा करिब एकदशक एकछत्र राज गर्न पाए ।”

पैसा र गुण्डा शक्ति बढ्दै जाँदा उमेशले विजयकुमार गच्छदारको भित्री साथ लिएर गिरिजाप्रसादको संरक्षण बाहिर पनि छुट्टै सञ्जाल चलाए । उमेशले काङ्ग्रेसका तर्फबाट सरकारमा गएका एकेजीबी (अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार) समूहका लागि आरएसएस (रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवा) विरुद्ध काम गरे । उनले २०५१ को मध्यावधि निर्वाचनमा मोरङ–७ मा उम्मेद्वारी दिएर शैलजालाई हराउँदै बद्री मण्डललाई जिताउनमा सघाए । यसरी शक्तिशाली भएका उमेश गिरीको क्याम्पमा उमेश यादव जस्ता ‘छोटा गुण्डा’हरू आकर्षित भए ।

भारतीय गुण्डा पप्पु भूमिहारको समूहलाई परिचालन गरी १३ माघ २०५८ मा व्यवसायी तुलसीराम अग्रवाललाई ‘उठाएर’ भारु २ करोड फिरौती लिएपछि भने उमेश गिरी अप्ठ्यारोमा परे । उनलाई राजावादी बनाएर अपहरण मुद्दाबाट चोख्याउन काङ्ग्रेस नेता खुमबहादुर खड्काले ठूलै कसरत गर्नुप¥यो । अहिले उमेश विराटनगर–१३ तीनटोलियास्थित अति व्यवस्थित निवासमा सुरक्षित र शान्तसँग बसेका छन् ।

(को हुन गिरी हिमाल खबर पत्रिकाबाट)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Sitaula Hom

    gaddar

    Comment Author

    Rajendra Paudel

    अाेलि ले सडेर काम नलाग्ने बदमास काम गरेर पार्टि काे कार्बाहि भाेगेका र पार्टी बाट निस्कासन गरेकालाई त बटुल्नि हाे नि अरु बिद्ववान त कम्निष्ठ हुनुनि पराे।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?