नेकपा अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा चयन

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २५, २०७६
|
|
२५ पटक हेरिएको
Shares
नेकपा अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा चयन

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल नेकपाले अनुशासन आयोगका प्रमुखमा अमृत बोहरालाई चयन गरेको छ।
  • सोमबार बसेको नेकपा सचिवालय बैठकले अनुशासन आयोगको प्रमुखमा बोहरा र सचिवमा अशोक रोकायालाई चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

काठमाडौं। सत्तारुढ दल नेकपाले अनुशासन आयोगका प्रमुखमा अमृत बोहरालाई चयन गरेको छ। सोमबार बसेको नेकपा सचिवालय बैठकले अनुशासन आयोगको प्रमुखमा बोहरा र सचिवमा अशोक रोकायालाई चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यसैगरी बैठकले केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई चयन गरेको छ। लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्क कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन्।

यसैगरी बैठकले केन्द्रीय सल्लाहकारको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई चयन गरेको छ भने जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईँ र सचिवमा गोविन्द ज्ञवाली चयन गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?