असोज १९ र २० गते सार्वजनिक विदा 

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १८, २०८२
|
|
४६ पटक हेरिएको
Shares
असोज १९ र २० गते सार्वजनिक विदा 

सारांश

  • काठमाडौं।
  •   नेपाल सरकार, गृह मन्त्रालयले देशभर असोज १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
  • मन्त्रालयले आज प्रकाशित एक सूचनामार्फत आगामी दुई दिनका लागि बिदा दिने निर्णय भएको जानकारी गराएको हो।

काठमाडौं।  नेपाल सरकार, गृह मन्त्रालयले देशभर असोज १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रालयले आज प्रकाशित एक सूचनामार्फत आगामी दुई दिनका लागि बिदा दिने निर्णय भएको जानकारी गराएको हो।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ।

वर्षाका कारण बाढी, डुवान, भू–क्षय जस्ता विपद् उत्पन्न हुने सम्भावनाका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, साथै मानवीय क्षति समेत हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै गृह मन्त्रालयले सतर्कता अपनाउँदै अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय लिएको हो।

यस अवधिमा नागरिकहरूलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न मन्त्रालयले अनुरोध समेत गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार, सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै निर्णय गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?