माओवादीका मन्त्रीहरुले सरकार छाडेसँगै गरे महत्वपूर्ण घोषणा
सारांश
- काठमाडौं, पुस २८ ।
- अन्ततः सरकारमा प्रतिनिधित्व गरिरहेका माओवादी केन्द्रका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका छन् ।
- राजिनामा दिएसँगै उनीहरुले विनाविभागीय भएयताको पारिश्रमिक पनि नलिने घोषणा गरेका छन् ।
काठमाडौं, पुस २८ । अन्ततः सरकारमा प्रतिनिधित्व गरिरहेका माओवादी केन्द्रका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका छन् । राजिनामा दिएसँगै उनीहरुले विनाविभागीय भएयताको पारिश्रमिक पनि नलिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवसमक्ष विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोखरेलको नेतृत्वमा आज राजीनामा बुझाएका हुन् ।
माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका विनाविभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोखरेलको नेतृत्वमा राजीनामा बुझाइएको एक माओवादी नेताले शिखरन्यूजलाई जानकारी दिए ।
गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Bijendra Manandhar
पायको पारश्रमिक लिनु होला,नलिय देउवाले आसेपासेलाइ आर्थिक सहायताको नाममा झ्वाम्म पार्ला?
Lakpa Sherpa
Sachikae Naliyako Hun ta ?
Bhattarai Bhawani Prasad
होनि त !
Narayan Hamal Thakuri
जहिले सत्तामा बसे नि आफ्नो र आफन्ती को काम गर्छ ।।जनता र कार्यकर्ता को काम गर्दैनन ।।।किन बस्न पर्यो सरकार मा ।।।।जस्तो निर्णय गरे नि केही हुनि वला छैन।।।।