सरकारले राष्ट्रियसभाबाट गुठी बिधेयक फिर्ता लियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
सरकारले राष्ट्रियसभाबाट गुठी बिधेयक फिर्ता लियो

सारांश

  • काठमाडौं।
  • सरकारले गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ।
  • राष्ट्रियसभामा उत्पत्ति भएको गुठी सम्बन्धी विधेयक मंगलबार सरकारले राष्ट्रिय सभाबाट फिर्ता लिएको हो।

काठमाडौं। सरकारले गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ। राष्ट्रियसभामा उत्पत्ति भएको गुठी सम्बन्धी विधेयक मंगलबार सरकारले राष्ट्रिय सभाबाट फिर्ता लिएको हो।
चौतर्फी विरोध र दवाबपछि सरकारले गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएकोहो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राष्ट्रियसभाबाट गुठी सम्बन्धी विधेयक फिर्ता लिएकी हुन्। विधेयक फिर्ता लिने मन्त्री अर्यालको प्रस्ताव सर्वसम्मतले स्वीकृति भएको थियो।सरकारले गुठी संस्थानलाई गुठी प्राधिकरणमा परिणत गर्ने गरी गुठी सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गराएको थियो। उक्त विधेयकको विरोधमा नागरिक सडकमा उत्रिएपछि सरकार विधेयक फिर्ता लिन बाध्य भएको हो।

यो पनि पढ्नुहोस्

रिपोर्टर्स नेपाल विशेष । नेपालीहरुमा खुशी बढ्दैछ । दीगो शान्तिसँगै नागरिक स्वतन्त्रताले आफ्नो जीवनयापनमा आफै विकल्प रोज्न पाउने अधिकारका कारण नेपालीहरुमा खुशी बढेको हो । त्यसैले विगतका वर्षाहरुको तुलनामा नेपाल सँसारको खुशी देशहरुको सूचीमा फड्को मारिरहेको छ ।पाकिस्तान दक्षिण एशियामा सबैभन्दा खुशी देश हो । उसले ६७ औं स्थान बनाएको छ । त्यसपछि भुटान ९५ र नेपाल १०० औं स्थानमा परेका छन् । भारत १४० औं देशमा परेको छ । उसले अफगानिस्तानलाई मात्र जितेको छ ।भारतीय विदेशमन्त्री जयशंकरले भाजपाको सदस्यता लिए, 

निर्वाचनलाई कम खर्चिलो बनाउन सुझाव

सन् २०१९ को वल्ड हेपिनेश रिपोर्ट अनुसार सँसारका खुशी नागरिकमध्ये नेपाली एक सयौं स्थानमा पर्दछन् । विगत वर्षका तुलनामा नेपालीहरुमा खुशियाली छाएको प्रतिवेदनमा देखिन्छ । वल्र्ड हेपिनेशको सूची अनुसार सन् २०१३ मा १३५ औं स्थानमा रहेको नेपाल सन् २०१७ मा ९९ औं स्थानमा आइपुग्यो । सन् २०१९ को वल्र्ड हेपिनेश इन्डेक्सका अनुसार नेपालले ४।९१३ अंक पाएर १०० औं स्थान बनाएको छ । नेपालमा खुशी छाएको छ ।खुशीको सूचीहरुमध्ये नेपालको कुल ग्राहस्थ उत्पादनको प्रति व्यक्ति आय कमजोर छ । देशको अवस्था नराम्रो रहेको सूचकमा बढी छ । सरदर आयु देखि सामाजिक साथको सूचक मध्यम छ । उदारदा र सदाशयताको अवस्था मध्यम नै छ । भ्रष्टाचारका कारण पनि नेपाल खुशी मुलुकको सूचीमा तल परेको हो ।

स्वतन्त्रताका कारण जीवनको विकल्प रोज्न पाउने सूचीमा राम्रो अवस्था बनेको छ । नेपालभन्दा आर्थिक रुपमा बलियो रहेपनि अफ्रिकी र मध्यपूर्वका देशहरु कम खुशीको सूचीमा छन् । आर्थिक रुपमा सम्पन्न हुँदैमा खुशी भइदैन । वल्र्ड हेपिनेश इन्डेक्शले यही देखाएको छ ।
नेपालीभन्दा बढी खुशी जनता रहेका देशमा नेपालभन्दा बढी भ्रष्टाचार र अराजकताको अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ । इन्डोनेशिया र मिलेशियामा नेपालमा भन्दा बढी भ्रष्टाचार रहेको छ । अलजेरिया र जोर्डनमा नेपालमा भन्दा अवस्था बिग्रेको छ ।

दुःखी हुनुपर्ने खतरा

तानाशाही शासनका कारण खोसिएको खुशी नेपालीले आन्दोलनमार्फत् फर्काएका थिए । तर, एक दशक लामो हिंसाको चपेटामा पर्नुप¥यो । जसले नेपालीलाई निकै दुःखी बनायो । हिंसाका समयमा नेपाल सँसारका दुःखी देशको सूचीमा अगाडि थियो । तर, शान्ति प्रक्रियासँगै खुशियाली छायो । नेपाल सँसारको खुशी देशहरुको सूचीमा माथि उक्लियो ।अहिले फेरि देशलाई द्वन्द्वमा पुर्याउने षड्यन्त्र भइरहेको छ । हत्या हिंसाका लागि आधार तयार गर्नेहरु खतरा बनेका छन् । यसले कतै नेपालीहरको खुशी फेरि खोस्न सक्छ । बल्ल खुशी देशको सूचीमा एक सयौं स्थानमा पुगेको देश दुःखीको सूचीमा नपुगोस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?