भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने

सारांश

  • अहिलेसम्म पहिचान भएका सबै भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने भएको छ ।
  • भूकम्प गएको लामो समयसम्म पनि भूकम्पपीडित छानोमुनि बस्न बाध्य भईरहेका बेला सरकारले यस्तो नीति ल्याएको हो ।
  • भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न एक वर्षको समयसीमा तोक्दै सरकारले त्यसको लागि कार्ययोजना बनाएको छ ।

अहिलेसम्म पहिचान भएका सबै भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने भएको छ ।

भूकम्प गएको लामो समयसम्म पनि भूकम्पपीडित छानोमुनि बस्न बाध्य भईरहेका बेला सरकारले यस्तो नीति ल्याएको हो । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न एक वर्षको समयसीमा तोक्दै सरकारले त्यसको लागि कार्ययोजना बनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता बुझेर पनि निजी आवास निर्माणमा ढिलासुस्ती भएको निश्कर्ष निकाल्दै घर बनाइसक्ने गरी समयसीमा तोकेको हो । अब क्षतिग्रस्त ७ लाख ४७ हजार घर २०७५ को साउनसम्म बनाइसक्नुपर्नेछ ।

सरकारले अनुदान लिने समयसीमा निर्धारण गर्दै २०७५ असारभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने गरी नियम बनाएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले अबको कार्तिक मसान्तसम्म सबै लाभग्राहीसँग अनुदान सम्झौता गरेर पहिलो किस्ता दिइसक्ने निर्णय गरेको हो ।

लाभग्राहीको सूचीमा नपरेकाले पनि आफ्नो गुनासो स्थानीय तहमा राखेर कार्तिकसम्म अनिवार्य रुपमा पहिलो किस्ता लिइसक्नुपर्ने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

दोस्रो किस्ता लिन पनि प्राधिकरणले समयसीमा तोकेको छ । कार्तिकभित्र पहिलो किस्ता लिएकाहरुले पुस महासन्तसम्म दोस्रो किस्ता लिने गरी काम गर्नुपर्ने भएको छ । पहिलो किस्ताको अनुदान लिएर घरको जग राखेपछि दोस्रो किस्ता रकम पाइन्छ । दोस्रो किस्तामा पीडितले १ लाख ५० हजार रुपैयाँ पाउँछन् ।

त्यस्तै आगामी असारसम्म तेस्रो किस्ता रकम बुझिसक्नुपर्नेछ । घरको गाह्रो उठेपछि सरकारले छाना राख्नका लागि तेस्रो तथा अन्तिम किस्तावापत १ लाख रुपैयाँ दिने प्रवक्ता भुसालले जानकारी दिए । अहिलेसम्म देशभर ७ लाख ४९ हजार ७ सय ९६ भूकम्पपीडित पहिचान भएका छन् । यसमध्ये ६ लाख ३० हजार ४ सय ४९ परिवारले घर पुनर्निर्माणका लागि सम्झौता गरेका छन् ।

ययमध्ये पनि ५ लाख ९९ हजार ३ सय २४ पीडितले पहिलो किस्ता बापतको ५० हजार लिइसकेका छन् । यति धेरैले पहिलो किस्ता बुझेपनि जम्मा ५५ हजार ५५ जना पीडितले मात्रै घरको जग हालेर दोस्रो किस्ताको डेढ लाख बुझेका छन् । तेस्रो किस्ता लिनेको संख्या २ हजार ७ सय ३४ मात्रै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीखण्ड पकेट क्षेत्र निर्माण
श्रीखण्ड पकेट क्षेत्र निर्माण
पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हरायो
पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हरायो
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ
आमाहरूको रक्तस्राव रोक्ने नयाँ औषधि
आमाहरूको रक्तस्राव रोक्ने नयाँ औषधि
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्ने
प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्ने
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
काँग्रेस चुनावमा हार्नुको कारण केन्द्रीय समितिको वैठकमा छताछुल्ल
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन