कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२० पटक हेरिएको
Shares
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधान संशोधन प्रस्ताव सोमबार पेश गर्ने तयारी गरिएको छ ।
  • विधान संशोधन मस्यौदामाथि केन्द्रीय कार्यसमिति भित्र मतभिन्नता रहेको कारण महासमिति बैठक शुरु भएको तीन दिन सम्ममा पनि यो प्रस्ताव पेश हुन सकेको थिएन ।

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधान संशोधन प्रस्ताव सोमबार पेश गर्ने तयारी गरिएको छ । विधान संशोधन मस्यौदामाथि केन्द्रीय कार्यसमिति भित्र मतभिन्नता रहेको कारण महासमिति बैठक शुरु भएको तीन दिन सम्ममा पनि यो प्रस्ताव पेश हुन सकेको थिएन । महासमितिमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रिय समितिले पारित गर्नुपर्छ ।

विधान संशोधन प्रस्तावमा केन्द्रीय समिति भित्र मुख्य रुपमा पदाधिकारीको संख्या बारे मतभिन्नता अझै कायम रहेको छ । विधान मस्यौदा समितिले केन्द्रिय समितिमा ल्याएको प्रस्तावमा केन्द्रीय समितिको संख्या ८५ बाट बढाएर १ सय ४१ पु¥याएपनि पदाधिकारीको संख्या भने अझै बढाइएको छैन

केन्द्रीय समितिको संख्या बढाएसंगै पदाधिकारीको पनि संख्या बढाउने विवाद टुङगोमा नपुग्दा महाससमिति बैठकमा विधान मस्यौदा प्रस्ताव पेश हुन सकेको थिएन । महासमिति बैठकमा आइतवार पार्टीको सांगठनीक, राजनीतिक र समग्र आर्थिक नीति लगायतका प्रस्ताव पेश भएको थियो । पेश भएका प्रस्तावमाथि प्रदेश स्तरीय सात समुह बनाई छलफल गरिने बताइएपनि बैठकमा समय मागेर बोल्ने क्रम जारी रहेको छ । आइतवार साझ अवेर सम्म १ सय ५० जना जति महासमिति सदस्यहरुले धारणा राखेका थिए ।

महासमिति बैठकमा हिन्दुराष्ट्रको प्रस्ताव पनि लैजान महासमिति सदस्यहरुले पहल गरिरहेका छन् । केन्द्रीय कार्यसमितिले उक्त प्रस्ताव नल्याएपछि महासमिति सदस्यहरुले सनातन हिन्दुराष्ट्र अंगिकार गर्ने गरी विधान संशोधन गर्न हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन् । केन्द्रीय समितिले प्रस्ताव नल्याएपछि सो प्रस्तावलाई एजेण्डाको रुपमा लैजान कुल महासमिति सदस्य मध्य २५ प्रतिशतको सहमति चाहिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?