अनसनको बहाना बनाएर अस्पताल ध्वस्त पार्न चाहने तत्व सक्रिय !
सारांश
- काठमाडौ, ४ साउन।
- डा गोविन्द केसीको अनसनको बहाना बनाएर अस्पताल ध्वस्त पार्न चाहने तत्वहरुले जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा अराजकता मच्चाउने काम गरिरहेको खुलेको छ।
- बिहीबार जुम्लामा भएको घटना प्रहरी माथि नियोजित रुपमा आक्रमण गर्ने योजना बनाएर बसेको केसीका समर्थकले केही टिप ढुंगा नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थुपारेर राखेका थिए ।
काठमाडौ, ४ साउन। डा गोविन्द केसीको अनसनको बहाना बनाएर अस्पताल ध्वस्त पार्न चाहने तत्वहरुले जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा अराजकता मच्चाउने काम गरिरहेको खुलेको छ।
बिहीबार जुम्लामा भएको घटना प्रहरी माथि नियोजित रुपमा आक्रमण गर्ने योजना बनाएर बसेको केसीका समर्थकले केही टिप ढुंगा नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थुपारेर राखेका थिए ।प्रहरीलाई उत्तेजित बनाउने र त्यसपछि उक्त ढुंगाले प्रहरी माथि आक्रमण गर्ने तथा अस्पताल भित्रको टेबल कुर्सी र सिसा तोडफोड गर्ने मनसायमा केसीका समर्थक सफल पनि भएका छन । उनीहरूले अाफ्नो बलले भ्याएसम्म गरेका छन ।
केसी समर्थकको अाक्रमणबाट तीन प्रहरी घाइते भएका छन भने उत्तेजित भिड नियन्त्रणमा लिनेक्रममा प्रहरीको लाठी चार्जबाट केही केसी समर्थक सामान्य घाइते भएका छन । अहिले सामाजिक सञ्जालमा प्रहरीलार्इ अाक्रमण गर्न थुपारिएको ढुंगाकाे फोटो भाइरल बनेकाे छ ।
प्रतिक्रिया