कांग्रेस–माओवादीबीच चुनावी तालमेल, कहाँबाट को–को परे ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  •  सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशका स्थानीय तहको चुनावमा पनि तालमेल गर्ने भएका छन् ।
  • असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीले २ नम्बर प्रदेशको विभिन्न ठाउँमा चुनावी तालमेल गरेको हो ।

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशका स्थानीय तहको चुनावमा पनि तालमेल गर्ने भएका छन् । असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीले २ नम्बर प्रदेशको विभिन्न ठाउँमा चुनावी तालमेल गरेको हो ।

आज मात्रै सर्लाहीको लालबन्दीका कांग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । लालबन्दीमा माओवादीले मेयर पाउने भएको छ भने कांग्रेसले उपमेयर पाउने सहमति भएको माओवादीका केन्द्रीय कार्यालय सचिव प्रल्हाद बुढाथोकीले जानकारी दिए । लालबन्दीमा मेयर पदमा माओवादीले बुढाथोकीलाई नै उम्मेद्वार बनाउने तयारी गरेको छ ।

त्यस्तै उपमेयरमा भने कांग्रेसबाट कुबेर आचार्य उम्मेदवार बन्ने भएका छन् । अन्य ठाउँमा पनि तालमेलको वार्ता जारी रहेको छ जनाएको छ । हरिवनमा नगरपालिकामा तालमेल गर्ने अन्तिम चरणको वार्ता मात्र बाँकि रहेको छ । लाबन्दीमा माओवादीले मेयर पद लिएपछि हरिवनमा भने कांग्रेसले मेयर र माओवादीले उपमेयर पाउनेछ ।

लालबन्दीमा नेकपा एमालेबाट मेयरमा मानवहादुर खड्का र उपमेयरमा शान्ति लामा उम्मेदवार बनिसकेका छन् । त्यसैगरि बागमती, बरहथवा, महोत्तरीको बर्दिबास, कन्चनपुरको कन्चनरुप, मिर्चैया, लहान, बर्दिबास, लालबन्दी, इश्वरपुर, हरिवन, चन्द्रपुर,निजगढलगायतका नगरपालिकामा चुनावी तालमेलको विषयमा छलफल भइरहेको छ जनाएको छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Krishna P. Gaire

    के गराेस बिचरा हरू हिक्मत नभयका यस्ता लाई भनिन्छ पानी मरूवा

    Comment Author

    Shashiram Pun

    nepal ko pahilo party cangress kati kamjor vaisakeko rahixa jabo chunab laddna 3rd partisanga milnuparne,hikmat vaya singl lader dekhaunu ni, k ko pahilo party vani ghamand garnu, hunata k pahilo party vanney aaba ta 2nd party vanda hunxa hola ni jay nepal

    Comment Author

    Humkanta Parajuli

    Congress+maobadi+foram+……=cpn uml(great pride)

    Comment Author

    Himal Shrestha

    तेरीमा हुतिहारा हरु

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
What Is Padmavati Controversy? 10 Developments On Sanjay Leela Bhansali’s Film
What Is Padmavati Controversy? 10 Developments On Sanjay Leela Bhansali’s Film
काठमाडौंमा एकै दिन ५१ कोरोना संक्रमित थपिए उपत्यका भयावह बन्दै
प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी
प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी
प्रतिक्षित फिल्म ‘कृ’को ट्रेलरमा रहेको संवाद कुन फिल्मबाट चोरिएको हो ?
प्रतिक्षित फिल्म ‘कृ’को ट्रेलरमा रहेको संवाद कुन फिल्मबाट चोरिएको हो ?
बलिउडकी अभिनेत्री एमी ज्याक्सन बिहे नगर्दै आमा बनिन्
बलिउडकी अभिनेत्री एमी ज्याक्सन बिहे नगर्दै आमा बनिन्
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मौसम गुरुङले हात पारे सर्वोतकृष्ट लोकदोहोरी अवार्ड
मौसम गुरुङले हात पारे सर्वोतकृष्ट लोकदोहोरी अवार्ड
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
हेटौंडाकी मेयर लामाको सम्पत्ति :  १५ तोला सुन
हेटौंडाकी मेयर लामाको सम्पत्ति : १५ तोला सुन

तपाईंले छुटाउनुभयो कि?