स्वघोषित ‘सिंघम’ डिएसपी क्षेत्री कारवाहीमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
स्वघोषित ‘सिंघम’ डिएसपी क्षेत्री कारवाहीमा

सारांश

  • काठमाडौं,२२ साउन ।
  • महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी प्रदीपबहादुर क्षेत्रीले नसियत पाएका छन् ।
  • विवादास्पद पृष्ठभूमिका उनीमाथि संगठनका गोप्य सूचना चुहाएको आरोप लगाउँदै आयुक्त कार्यलयले नसियत दिएको हो ।

काठमाडौं,२२ साउन । महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी प्रदीपबहादुर क्षेत्रीले नसियत पाएका छन् ।विवादास्पद पृष्ठभूमिका उनीमाथि संगठनका गोप्य सूचना चुहाएको आरोप लगाउँदै आयुक्त कार्यलयले नसियत दिएको हो ।दुई साता अगाडी आयुक्त कार्यालयबाट जारी परिपत्र डिएसपी क्षेत्रीले चुहाएको छानबिन समितीको अनुसन्धानबाट खुलासा भएको थियो ।

उनको गत साता नै कालिमाटी वृत्तमा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा सरुवा भएको छ । जर्गाहा कारवाही स्वरूप प्रहरीका अधिकृत थन्काउने ठाँउका रूपमा हेरिन्छ ।विभिन्न गैरव्यावसायिक हर्कत गर्दै आएका डिएसपी क्षेत्रीलाई आईजी सचिवालय र आयुक्त कार्यालयले पटक–पटक चेतावनी दिँदै आएको थियो ।

डीएसपी क्षेत्रीको गैरव्यावसायिक क्रियाकलापमा आयुक्त कार्यालयका प्रमुख डीआईजी मनोज नेउपानेले लगाम लगाउन खोजेपछि डीएसपी क्षेत्री डीआईजीविरुद्ध उत्रिका थिए । डीआईजीको चेतावनी पश्चात –डीएसपी क्षेत्रीले बदला लिन पदीय मर्यादा उल्लंघन गर्दै डीआईजी नेउपानेविरुद्ध मिडियाबाजी समेत गराएको अनुसन्धानबाट खुलासा भएको छ । अपराधखबरका अनुसार गतहप्ता विभिन्न सञ्चारमाध्यममा डीआईजी नेउपानेले सीसीटीभी खरीद गर्दा आर्थिक अनियमितता गरेको भन्दै प्रकाशित समाचारमा प्रहरी मुख्यालयले समेत सूक्ष्म रूपले छानविन गरेको थियो । प्रारम्भिक चरणको छानविनका क्रममा समाचारमा आएजस्तोे अनियमितता नभेटिएपछि समाचार लेखाउने स्रोतको खोजी गरी कारवाही गर्न आयुक्त कार्यालयलाई आदेश दिइएको थियो ।

प्रहरी मुख्यालयको आदेश पश्ताच डीआईजी नेउपानेले समाचारमा सार्वजनिक भएका सरकारी कागजातको विषयमा छानविन शुरु गर्न महानगरीय प्रहरी परिसरलाई आदेश दिएको थियो । आयुक्तको आदेश पश्ताच परिसरले एसपी रामदत्त जोशीको संयोजकमा एक छानविन समीति गठन गरेको थियो । छानविन समितीले अनुसन्धानका कागजात महानगरीय प्रहरी वृत्त कालिमाटीबाटै बाहिरिएको प्रमाण फेला पारेको थियो ।

समितीको सिफारीसपछि आयुक्त कार्यालले डीएसपी क्षेत्रीलाई नसियत दिएको हो । दुई महिना अगाडी डिएसपी क्षेत्री उत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत समेत भएका थिए । पछिल्लो समय मीडियामा बद्नाम हुन थालेपछि उनले आफैंले आफूलाई सिंघम डिएसपीको सख्या दिदै समाचार लेखाएको आरोप समेत समकक्षीले लगाएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?