आमाबाबुको हेरचाह नगरे कारबाही

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २२, २०७६
|
|
४२ पटक हेरिएको
Shares
आमाबाबुको हेरचाह नगरे कारबाही

सारांश

  • काठमाडौँ, २२ पुस ।
  • सन्तान वा हकवालाले आमाबाबुलाई हेरचाह नगरी अलपत्र पारे उनीहरूमाथि कानुनी कारबाही हुने भएको छ ।
  • संसद्को महिला तथा सामाजिक समितिबाट आइतबार पारित भएको ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक दुई सभाबाट हुबहु पारित भए बाबुआमाको हेरचाह नगर्नेहरूमाथि स्थानीय तहले बनाउने कार्य्विधिका आधारमा कारबाही हुनेछ ।

काठमाडौँ, २२ पुस । सन्तान वा हकवालाले आमाबाबुलाई हेरचाह नगरी अलपत्र पारे उनीहरूमाथि कानुनी कारबाही हुने भएको छ । संसद्को महिला तथा सामाजिक समितिबाट आइतबार पारित भएको ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक दुई सभाबाट हुबहु पारित भए बाबुआमाको हेरचाह नगर्नेहरूमाथि स्थानीय तहले बनाउने कार्य्विधिका आधारमा कारबाही हुनेछ ।

आमाबाबुका लागि सन्तानले न्यूनतम आवश्यकता पूरा हुने गरी आफ्नो पारिश्रमिकबाट निश्चित रकम बैंक खातामा जम्मा गरिदिनुपर्ने प्रावधान विधेयकमा छ तर कति रकम जम्मा गर्ने भन्ने तोकिएको छैन । त्यसको निर्धारण आर्थिक सर्वेक्षण वा नीति तथा कार्यक्रमको आधारमा सरकारले निर्धारण गर्नेछ । तोकिएको रकम जम्मा नगरिए आमाबाबुले स्थानीय तह वा सन्तान कार्यरत निकायमा उजुरी दिन सक्नेछन् । ‘सन्तान वा हकवालालाई कडाइका साथ आमाबाबुप्रतिको जिम्मेवारी बोध गराउन र आमाबाबुलाई बेवारिस बन्न नदिन यस्तो व्यवस्था गर्न लागिएको हो,’ समिति सभापति निरुदेवी पालले भनिन् ।

ज्येष्ठ नागरिकको पालनपोषण यथोचित नभएको अवस्थामा सम्बन्धित छिमेकीले समेत स्थानीय तहमा उजुरी दिन सक्ने विधेयकमा उल्लेख छ । उजुरी कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहले ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ बमोजिम कारबाही गर्न पाउनेछन् । ‘ज्येष्ठ नागरिकसम्बन्धी प्राप्त निवेदन एवं उजुरीको सुनुवाइ सरल एवं द्रुत प्रक्रियाबाट सम्पादन गर्न स्थानीय तहले आवश्यक कार्य्विधि बनाएर लागू गर्न सक्नेछन्,’ विधेयकमा छ ।

यसअघि समितिमा आएको मूल विधेयकको दफा ८ क को उपदफा ११ मा भने ‘तोकिए बमोजिमको रकम जम्मा गर्नुपर्ने दायित्व भएको व्यक्तिले रकम जम्मा नगरे निजको आमाबाबुले निज कार्यरत वा स्थानीय तहमा निवेदन दिने’ उल्लेख थियो । छलफलपछि सांसदहरूले कार्य्विधि बनाई लागू गर्न सक्ने प्रावधान थपेका हुन् । तोकिएको न्यूनतम आम्दानी नभएका सन्तान वा हकवालालाई भने आमाबाबुको हेरचाह गर्नैपर्ने बाध्यता छैन ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो
सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो
प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह
लुम्बिनीमा सडक खाना महोत्सव
लुम्बिनीमा सडक खाना महोत्सव
उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापतिको कोरोना रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’
भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह
बाढीको जोखिम भन्दै सचेत बन्न बाढी सूचना केन्द्रको आग्रह
सवारी साधनको जाँच पास निजीलाई दिने तयारी
सवारी साधनको जाँच पास निजीलाई दिने तयारी