काग्रेसका केन्द्रीय सदस्य कोइराला सहित ७४ जना पार्टीबाट निष्काशित
सारांश
- काठमाडौँ ।
- नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ।
- बागी उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट कांग्रेसले निष्कासन गरेको हो ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ। बागी उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट कांग्रेसले निष्कासन गरेको हो ।
पार्टीको केन्द्रीय अनुशासन समितिका अनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि उनीहरुलाई सदस्य समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको छ ।
आसन्न निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्ताव वा समर्थन गरेको भन्दै उनीहरुलाई निष्कासन गरेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया