भारतकाे सात हजार एक सय हेक्टर जमिन नेपालको नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
भारतकाे सात हजार एक सय हेक्टर जमिन नेपालको नियन्त्रणमा

सारांश

  • काठमाडौं, ३० साउन।
  •   भारतको सात हजार एक सय हेक्टर जमिनमाथि नेपालको नियन्त्रण रहेको दावी भारतीय मिडिया दैनिक भास्करले गरेको छ।
  • मंगलबारको रिपोर्टमा उसले बिहारको पश्चिम चम्पारण जिल्लाको लगभग ७ हजार एक सय हेक्टर जमिन नेपालले कब्जा गरेको दावी गरिएको छ।

काठमाडौं, ३० साउन।  भारतको सात हजार एक सय हेक्टर जमिनमाथि नेपालको नियन्त्रण रहेको दावी भारतीय मिडिया दैनिक भास्करले गरेको छ। मंगलबारको रिपोर्टमा उसले बिहारको पश्चिम चम्पारण जिल्लाको लगभग ७ हजार एक सय हेक्टर जमिन नेपालले कब्जा गरेको दावी गरिएको छ।
समाचारमा भनिएको छ ‘जुन नेपाललाई भारतले मित्र मानेर अँगालो हालेको छ, उही मित्रले बिहारको पश्चिम चम्पारण जिल्लाको लगभग ७१०० हेक्टर जमिन कब्जा गरेको छ। यो शिलशिला अझै बढ्दो छ।’

बाल्मिकीनगरमा सुस्ता, बाल्मिकी टाइगर रिजर्वको जंगल र गोवर्द्धनमा शिवालिक क्षेत्रको पहाडसहित कतिपय इलाकामा नेपालको अवैध कब्जा बढेको समाचारको दावी छ। यही मौकामा दोहोरो नागरिकता लिनेहरू पनि बढेको दावी समाचारको छ। जंगलबाट करोडौँ रुखहरू काटिएको समाचारमा दावी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?