काङ्ग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैनः महामन्त्री कोइराला

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
काङ्ग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैनः महामन्त्री कोइराला

सारांश

  • भक्तपुर, २४ चैत ।
  • नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताउनुभएको छ ।
  • नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले काङ्ग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताउनुभयो ।

भक्तपुर, २४ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताउनुभएको छ ।

नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले काङ्ग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताउनुभयो ।

महामन्त्री डा कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताउँदै “म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके काङ्ग्रेसलाई कसैले जित्न सक्दैन, काङ्ग्रेस फेरि ठूलो पार्टी हुन्छ”, भन्नुभयो ।

काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, प्रदेश नं ३ का प्रदेशसभा सदस्य रजनी जोन्छे, काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, भक्तपुर काङ्ग्रेसका पूर्वसभापति गणेशमान चक्रधर, काङ्ग्रेस नेता अष्टकुमार कबे, क्षेत्र नं १ का सभापति जीवन खत्री, नेता मदनकृष्ण श्रेष्ठ, सङ्घका जिल्ला सभापति सरु बानियाँ लगायतले काङ्ग्रेसभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नेपाली काङ्ग्रेसका महामन्त्री डा कोइरालाले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भत्ता सहित सित्तैमा बाख्रापालन तालिम पाइन्छ तर  ठगहरुबाट भने बच्नुस्
भत्ता सहित सित्तैमा बाख्रापालन तालिम पाइन्छ तर ठगहरुबाट भने बच्नुस्
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने
पुस १ गते मंगलबारको राशिफल यस्तो छ
पुस १ गते मंगलबारको राशिफल यस्तो छ
माल्दीभ्सका राष्ट्रपति भारतमा
माल्दीभ्सका राष्ट्रपति भारतमा
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य, एक सय ८० दिनमा ६५ बैठक
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य, एक सय ८० दिनमा ६५ बैठक
नेपालमा वैदेशिक लगानी बढी गर्नेमा भारत अगाडि
नेपालमा वैदेशिक लगानी बढी गर्नेमा भारत अगाडि
बौद्ध धर्मको महत्वपुर्ण ग्रन्थ त्रिपिटक के हो ?
बौद्ध धर्मको महत्वपुर्ण ग्रन्थ त्रिपिटक के हो ?
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने  !
शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने !