शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
३८ पटक हेरिएको
Shares
शेरबहादुर देउवाविरुद्ध यसरी धावा बोले प्रकाशमान सिंहले ? हेर्नुहोस के भने  !

सारांश

  • काठमाडौं, २५ मंसिर ।
  • नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी उम्मेद्धवार प्रकाशमान सिंहले यो निर्वाचनमा पार्टीले पराजय भोग्नुको विभिन्न कारणहरुको खुलासा गरेका छन् ।
  • पत्रकार ऋषि धमलासँग हिमालय टेलिभिजनको कार्यक्रम धमलाको हमलामा कुरा गर्दै उनले पार्टी हार्नुको कारणहरुको सनसनीपूर्ण खुलासामात्रै गरेनन ।

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी उम्मेद्धवार प्रकाशमान सिंहले यो निर्वाचनमा पार्टीले पराजय भोग्नुको विभिन्न कारणहरुको खुलासा गरेका छन् ।

पत्रकार ऋषि धमलासँग हिमालय टेलिभिजनको कार्यक्रम धमलाको हमलामा कुरा गर्दै उनले पार्टी हार्नुको कारणहरुको सनसनीपूर्ण खुलासामात्रै गरेनन । उनले पार्टी सभपाति शेरबहादुर देउवाको बारेमा समेत विशेष कमेन्ट गर्न भ्याए । उनले भने,“पार्टी किन हार्यो रु भन्नुहन्छ भने हामी हार्नुमा कारण छ, १३ औं महाधिवेशनमा नेतृत्व परिवर्तन जुन किसिमले भयो, संगठनहरुलाई राम्रोसँग परिचालन गर्न नसक्नु, पार्टीलाई नेतृत्वले संस्थागत रुपमा नचलाएको हो, जनभावना अनुसार सरकारमामा काम गर्न नसक्नु नै प्रमुख कारण हुन् ।”

उनले अब पार्टीभित्र सुधार आवश्यक रहेको समेत औंल्याए । सिंहले थपे,“संस्थापक विपी, गणेशमानजी, कृष्णप्रसाद भटराई, सुर्वण शमशेरहरुले अघि सारेको प्रजातान्त्रिक मुल्य र मान्यतामा आधारित नीति बनाएर अघि बढाउनुपर्छ।” उनले नेपाली कांग्रेसको लामो ईतिहाँस भएको उल्लेख गर्दै थपे,“ईतिहाँस भएकोहरुले नै ईतिहाँसको कुरा गर्ने हा्े, भर्खरै जन्मिएकोहरुले के को यस्तो कुरा गर्ने हो रु”

पत्रकार धमलाले यो निर्वाचना कांग्रेसको पराजयसँग कांग्रेस अब असफल भयो नि भनेर सोधेको प्रश्नमा उनले आक्रोश पोख्दै भने,“कहाँबाट असफल भयो भन्या, एउटा निर्वाचनको परिणामले परमानेन्ट सेट ब्याक होईन, हामी जनताले जे निर्देशन दिनुहुन्छ, त्यो मान्छौं।” उनले ०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसले हार व्यहोर्दा पत्रकारहरुले आफूहरुलाई कांग्रेसको कन्तविजोग भयो भनेर प्रश्न सोधेको स्मरण गर्दै भने,“तपाईहरुले हामीलाई त्यतिवेला चुनाव हार्दा कन्तबिजोग भनेर भन्नुभएको थियो नि, खोई रु भयो तरु प्रथम संविधानसभा, राजनीति सोचे अनुसार हुन्छ र रु”

उनले जनताको ढुकढुकीलाई जुन पार्टीले अँगाल्छ ती पार्टीहरुको विजयी हुने समेत बताए ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ukha Basnet

    Duniya ko sabai bhandaa nalaayek patrakaar ho, yo dhamala bhanne jantu. Jasto yo Desh ko haalat ahile ko awastha maa puryauna Girija koirala thulo aparaadhi maanin chha testai kaangress khatam parne bekkti pani yehi shyaal patrakaar dhamala nai ho. Yo sattya sabai kaangresi haru le bujhna jaruri chha.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?