भत्ता सहित सित्तैमा बाख्रापालन तालिम पाइन्छ तर ठगहरुबाट भने बच्नुस्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
२८ पटक हेरिएको
Shares
भत्ता सहित सित्तैमा बाख्रापालन तालिम पाइन्छ तर  ठगहरुबाट भने बच्नुस्

सारांश

  • बाख्रा–कुखुरा तालिमको नाममा ठग हरूबाट जोगिन सुझाव ।
  • सितैमा व्यवसायिक बाख्रा पालन तालिम तथा उल्टै भत्ता पाउँनुस ।
  • हजारौ रूपैया असुलेर बाख्रा, कुखुरा र अन्य पशु पालन तालिम भन्दै ठगी गर्नै देखी साबधान ।

बाख्रा–कुखुरा तालिमको नाममा ठग हरूबाट जोगिन सुझाव । सितैमा व्यवसायिक बाख्रा पालन तालिम तथा उल्टै भत्ता पाउँनुस । हजारौ रूपैया असुलेर बाख्रा, कुखुरा र अन्य पशु पालन तालिम भन्दै ठगी गर्नै देखी साबधान । अहिले बाख्रा पालन र अन्य पशु पालन तालिम भन्दै हजारौ रूपैया पैसा असुलेर तालिम दिने ठगहरू च्याउ सरी उम्रिएका छन । तिनीहरूबाट सावधान हुनुहोस । अहिले यिनीहरूबाट ठगिको सिकारमा पर्नै सबै भन्दा बढी बिदेशबाट फर्केर आउने युवा युवती पनै गरेका छन । र, उनीहरूको तार्गैट पनी बिदेशबाट फर्केकाहरु नै हुन ।

कतीले आफै बाख्रा फार्ममा तालिम भन्दै सात हजार असुल्दै आएका छन् । दिन डाहाडै ठगिको धन्दा चलाई रहेका यस्ता व्यक्तिबाट सावधान हुन अनुरोध छ । अर्कौ थरिले पार्टी प्यालेस नै बुक गरेर पनि तालिम दिदै आएका छन् । १, २ जना निजी स्तरका बाख्रा–कुखुरा संग सम्बन्धीत मान्छेलाई लिएर यस्तो किसिमको ठगीको धन्दा देसैभरी सञ्चालन भईरहेका छन् । नत यिनीहरूले दिएको ज्ञन पूर्ण हुन्छ नत यिनीहरूले बाडेको सर्टिफ़िकेटको नै केही भ्यालु हुन्छ । सरकारी अनुदान पाउन होस वा बैक बित्तिय संस्थाबाट ऋण लिन, सरकारी स्तरबाट संचालित ब्यबसायीक तालीम लिएको प्रमाण पत्र पेस गर्नु पर्छ । त्यती बेला मात्र आफू ठगिएको महसूस हुन्छ । जती बेला हजारौ पैसा तिरेर ल्याएको सर्टिफिकेटले काम गर्दैन । अब यस्ता बकनफूसे कुराको पछी नलाग्नु होस ।

 

सितैमा व्यबसायिक पशु पालन तालिम र भत्ता लिनुहोस  
प्रत्यक प्रदेशमा सरकारी पशु सेवा तालिम केन्द्र छ । त्यहाँ सम्पर्क गर्नुहोस वा आफ्नै गाउपालिकार नगरपालिकामा रहेको भेटेनरीमा तथा पशु सेवा कार्यलयमा सम्पर्क गरी तालीम कहिले र कुन स्थानमा हुने बारे जानकारी लिनुहोस ।

विभिन्न दक्ष बिशेषज्ञबाट तालिम लिन पाईनेछ ।

तालिम लिए बापत एक रूपैया पैसा पनि लाग्दैन । उल्टै तपाईले दिनको २०० रूपैयाका दरले ७ दिनको कर कटायर रू १०२० भत्ता पाउनु हुनेछ ।

सितैमा पशु पालन संम्बन्धी किताब र सर्टिफ़िकेट पाईन्छ ।

तालिम भरी बाँसको ब्यबस्था हुन्छ 

ब्यबसाय संम्बन्धी दक्ष बनाई बिभिन्न फार्महरूको अबलोकन गराईन्छ ।

सरकारी स्तर बाट अनुदान तथा बैक बित्तिय संस्था बाट रिऋ लिन यो सर्टिफ़िकेटले ठुलो सहयोग पुर्याउने छ ।
लेखकः अनिल कार्की÷बोयर बाख्रा पालन फार्म सिन्धुली नेपाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?