‘बा-आमा घर’को सहयोग अभियानमा मनोज गजुरेल देखि रेखा थापासम्म

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
‘बा-आमा घर’को सहयोग अभियानमा मनोज गजुरेल देखि रेखा थापासम्म

सारांश

  • काठमाडौँ, २० असाेज ।
  • हास्य कलाकार मनोज गजुरेल देखि नायिका रेखा थापासम्म वेवारिसे बृद्धबृद्धाहरुको लागि निर्माण हुन लागेको ‘बा-आमा घर’को सहयोगमा जुटेका छन।
  • सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उधेश्यले समाजसेवी बिनयजंग बस्नेतले आफ्नै जग्गामा निर्माण गर्न लागेका ‘बा-आमा घर’ को लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साँझमा मनोज गजुरेल, नायिका रेखा थापा, गायक इश्वर अमात्य, बुद्धिकृष्ण लामिछाने जस्ता बिशिस्ट  कलाकारहरुको उपस्थिति संगै विभिन्न रोचक प्रस्तुति समेत हुनेछ।

काठमाडौँ, २० असाेज । हास्य कलाकार मनोज गजुरेल देखि नायिका रेखा थापासम्म वेवारिसे बृद्धबृद्धाहरुको लागि निर्माण हुन लागेको ‘बा-आमा घर’को सहयोगमा जुटेका छन। सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उधेश्यले समाजसेवी बिनयजंग बस्नेतले आफ्नै जग्गामा निर्माण गर्न लागेका ‘बा-आमा घर’ को लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साँझमा मनोज गजुरेल, नायिका रेखा थापा, गायक इश्वर अमात्य, बुद्धिकृष्ण लामिछाने जस्ता बिशिस्ट  कलाकारहरुको उपस्थिति संगै विभिन्न रोचक प्रस्तुति समेत हुनेछ।

वडादशैंको अवसरमा सुभकामना आदानप्रदान तथा विशिष्ट व्यक्तिको सम्मान सहितको बृहत सांस्कृतिक कार्यक्रम यहि असोज २२ गते साँझ ५ बजे ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुडल्याण्डमा हुन लागेको हो। समाजसेवी बस्नेतले बेवारिसे लाश तथा बेसहारा बेवारिसेहरुको आफ्नै पहलमा सद्गत तथा व्यवस्थापन गर्दै आएका छन। चर्चित उद्घोषक नरेश भट्टराईले संचालन गर्ने कार्यक्रमा बा-आमा घरको निर्माणार्थ सहयोगको अपिल समेत गरिनेछ । केहि समयअघि मात्रै ‘बा-आमा घर’को शिलान्यास माननीय महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गर्नुभएको थियो। कार्यक्रममा लागुपदार्थ दुर्व्यसनी सम्बन्धि जनचेतनामुलक डकुमेन्ट्री नदेखिएका आँशुको प्रोमो समेत सार्वजनिक गरिनेछ।
‘एक सोचले मानिसको जीवन परिवर्तन हुन्छ अब यी बेवारिसेहरुको हामि हुनुपर्छ’ भन्ने मूल नाराका साथमा बस्नेतको अध्यक्षतामा एक्सन फर सोसल चेन्ज संस्थाले बिगत ३ बर्ष देखि काम गर्दै आइरहेको छ। समाजमा बेवारिसेहरुलाई तल्लो स्तरमा तिरस्कार गरेको अवस्थामा टिकाथलीका समाजसेवी बिनयजंग बस्नेत भने अस्पतालमा रहेका बेवारिसे सबहरूलाई घाटमा लागि आफ्नै हातले दागबत्ती दिएर ससम्मान दाहसंस्कार गर्ने गर्दछन्। उनले अहिलेसम्म ११५ बेवारिसे शबलाई आफ्नै हातले दाहसंस्कार गरिसकेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?