विना विभागीय हुँदाको तलबभत्ता जाडो पीडित जनतालाई दिँदा कसो होला ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
विना विभागीय हुँदाको तलबभत्ता जाडो पीडित जनतालाई दिँदा कसो होला ?

सारांश

  • काठमाडौं, पुस ३० ।
  • नेकपा माओवादी केन्द्र अखिलका पूर्व अध्यक्ष रमेश मल्लले चिसो र शीतलहरबाट आक्रान्त जनतालाई माओवादी मन्त्रीहरुको तलब भत्तावापतको लिएको रकम उपलब्ध गराउन सुझाव दिएका छन् ।
  • नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकता हुने निर्णय भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाएका थिए ।

काठमाडौं, पुस ३० । नेकपा माओवादी केन्द्र अखिलका पूर्व अध्यक्ष रमेश मल्लले चिसो र शीतलहरबाट आक्रान्त जनतालाई माओवादी मन्त्रीहरुको तलब भत्तावापतको लिएको रकम उपलब्ध गराउन सुझाव दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकता हुने निर्णय भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाएका थिए ।

विना विभागीय बनाएपनि निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने भन्दै माओवादी मन्त्रीहरुले सरकार भने छोडेका थिएनन् । ६८ दिनपछि गत शुक्रबार माओवादी मन्त्रीहरुले राजिनामा दिएका थिए ।

विना विभागीय हुँदा समेत माओवादी नेताहरुले बिभिन्न शीर्षकवापत करिब १ करोड २७ लाख रकम लिएको समाचार आज बिभिन्न मिडियामा प्रकाशित भएको थियो ।

माओवादीका तर्फबाट मन्त्री बनेका नेता गिरिराजमणी पोखरेलले उक्त अवधिको तलब भत्ता नलिने र बैंकमा पठाएको भए सो समेत फिर्ता गर्ने बताएपछि नेता मल्लले फेसबुक पेजमा लेख्दै उक्त रकम चिसोका कारण पीडित जनतालाई दिन सुझाव दिएका हुन ।

मल्लले यस्तो लेखेका छन् :-

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?