माछापुच्छे बैकको लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
माछापुच्छे बैकको लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन

सारांश

  • काठमाडौं, ५  पुस ।
  •  माछापुच्छे बैक लिमिटेडको लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
  • कम्पनीको बिसौं वार्षिक साधारण सभा पुस २० गते बिहान ११ बजे, होटल पोखरा ग्राण्ड, पार्दि पोखरा कास्कीमा हुने निर्णय भएको हो ।

काठमाडौं, ५  पुस । माछापुच्छे बैक लिमिटेडको लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीको बिसौं वार्षिक साधारण सभा पुस २० गते बिहान ११ बजे, होटल पोखरा ग्राण्ड, पार्दि पोखरा कास्कीमा हुने निर्णय भएको हो । सभाका लागि बुक क्लोज पुस ६ गतेदेखि पुस २० गते बन्द गर्ने भएको छ ।

माछापुच्छ्रे बैंकले सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर वा प्राप्ति) विषयमा छलफल गर्न विशेष प्रस्ताव लैजाने भएको छ ।

यस्तै, वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल–अलच सम्पति र दायित्व तथा कारोबारको मूल्यांकन लगायत सम्पूर्ण कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विषयलाई पनि विशेष प्रस्तावको रुपमा एजीएममा लैजाने भएको छ ।

यस्तै, बैंकले आफैं वा सहायक कम्पनी स्थापना गरी जीवन बिमा, निर्जीवान बिमा, भेन्चर क्यापिटल, हेज फन्ड, सेयर ब्रोकर मर्चेन्ट बैंक, क्रेडिट रेटिङ लगायत काम गर्ने प्रस्ताव पनि साधारण सभामा पेश गर्ने भएको छ । सभामा शेयरधनीहरुलाई ८० करोड ५५ लाख ६९ हजार ३ सय अर्थात चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

त्यस्तै संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट संचालक समितिका प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । पुस ५ गते सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?