काठमाडौँमा शुक्रवार कति थपिए कोरोना संक्रमित ?
सारांश
- काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।
- देशभर २ हजार ५९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय ९ जना थपिएसँगै जोखिम बढेको छ ।
- स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.
काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २ हजार ५९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय ९ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १३ हजार २ सय ७९ जनाको पिसीआर परिक्षणमा २ हजार ५९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा १७८० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ७३ हजार २३ जना रहेको छ । काठमाडौं उपत्यकामा १४०९ थपिएका मध्ये काठमाडौंका १११६ जना र ललितपुरका १६३ जना र भक्तपुरका १३० जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ६ सय ७६ सय पुगेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया