पाँच वटा वडा बालविवाहमुक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पाँच वटा वडा बालविवाहमुक्त

सारांश

  • राजविराज, १२ मङ्सिर , सप्तरीको सरुङ्ग नगरपालिकाका पाँच वटा वडालाई मङ्गलबार वडा बालविवाहमुक्त घोषणा गरिएको छ ।
  • सरुङ्ग नगरपालिकास्थित राप्रवि कदमहामा आयोजित घोषणा समारोहमा वडा नं २,४,६,७ र ८ लाई बालविवाहमुक्त घोषणा गरिएको हो ।
  • सबल नेपाल, सेभ द चिल्डे«न र जनचेतना दलित सङ्गमको सहयोग तथा सरुङ्ग नगरपालिकाको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

राजविराज, १२ मङ्सिर , सप्तरीको सरुङ्ग नगरपालिकाका पाँच वटा वडालाई मङ्गलबार वडा बालविवाहमुक्त घोषणा गरिएको छ ।

सरुङ्ग नगरपालिकास्थित राप्रवि कदमहामा आयोजित घोषणा समारोहमा वडा नं २,४,६,७ र ८ लाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

सबल नेपाल, सेभ द चिल्डे«न र जनचेतना दलित सङ्गमको सहयोग तथा सरुङ्ग नगरपालिकाको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सेभ द चिल्डे«नका कार्यक्रम अरुण महतो, बलानबिहुल गाउँपालिकाका प्रमुख दयानन्द गोइत, नेपाली काङ्ग्रेसका नेता राम कमार, सेभ द चिल्डे«नका कार्यक्रम संयोजक रचना थापा, सबलका फिल्ड अधिकृत राधेश्याम राम, उपाध्यक्ष भूपेन्द्र साह, सरुङ्ग नगरपालिकाका–६ का लीलाकान्त चौधरी, ७ का देवेन्द्र चौधरी, ८ का वडाध्यक्ष इन्द्रदेव चौधरी र प्रशासकीय अधिकृत राजकुमार दासले सराहनीय कार्य भएको भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?