नारायणकाजी श्रेष्ठले राजिनामा दिए तर जिम्मेवारि बाट पन्छिएनन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नारायणकाजी श्रेष्ठले राजिनामा दिए तर जिम्मेवारि बाट पन्छिएनन्

सारांश

  • काठमाडाै, २५ साउन ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार र बिहीबार बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकमा पनि नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताबाट दिएको राजीनामाबारे चर्चा भयो।
  • तर, उनको राजीनामाबारे कुनै निर्णय चाहिँ भएन।

काठमाडाै, २५ साउन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार र बिहीबार बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकमा पनि नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताबाट दिएको राजीनामाबारे चर्चा भयो। तर, उनको राजीनामाबारे कुनै निर्णय चाहिँ भएन। डा गोविन्द केसीलाई सत्याग्रही बताउँदै उनको अनसनलाई समर्थन जनाएपछि ७ साउनको केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठको आलोचना गर्दै आपत्ति जनाएका थिए।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले श्रेष्ठउपर गरेको आलोचनाको अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले समेत समर्थन गरेपछि श्रेष्ठले अध्यक्षद्वयको प्रवक्तालाई हेर्ने दृष्टिकोण सही नभएको बताउँदै जिम्मेवारीबाट राजिनामा दिएका थिए। बुधबारको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड दुबैले राजीनामा फिर्ता लिन श्रेष्ठसँग आग्रह गरेका थिए। यसैगरी सचिवालय सदस्य माधव नेपाल लगायत अन्य नेताहरुले पनि दिएको राजीनामा फिर्ता लिन श्रेष्ठलाई भनेका थिए।

स्रोतका अनुसार, ओली र प्रचण्ड लगायत सबै नेताहरुले श्रेष्ठले प्रवक्ताबाट दिएको राजीनामा फिर्ता लिन भनेपछि श्रेष्ठले भने, ‘त्यसो भए पार्टीले जे निर्णय गर्छ, त्यो निर्णय मान्न तयार छु। के गर्ने हो, आजै निर्णय होस्।’ सबै नेताहरुले राजिनामा फिर्ता लिन आग्रह गर्नु र त्यो आग्रह सुनेपछि श्रेष्ठले ‘पार्टीले गर्ने निर्णय मान्न तयार छु’ भन्नुको अर्थ थियो, राजिनामा अस्वीकृत गर्ने निर्णय गर्छ भने त्यो निर्णय स्वीकार गरेर प्रबक्ताको जिम्मेवारी सम्हाल्न राजी छु।’

तर, अध्यक्षद्वय लगायत केन्द्रीय सचिवालयका सबै नेताले एक मुखले राजिनामा फिर्ता लिन आग्रह गरेपछि श्रेष्ठले प्रवक्तामा फर्कन स्वीकारसहितको ‘ग्रिन सिग्नल’ दिएपनि बुधबारको बैठकबाट त्यसबारे कुनै निर्णय गरेन। प्रवक्ताको जिम्मेवारी अनुसार बैठकपछि निर्णय जानकारी गराउने काम श्रेष्ठले नै गर्दै आएका छन्। तर, ७ साउनमा राजिनामा दिएयता बुधबार (२३ साउन) सम्म श्रेष्ठ मौन रहे। बुधबारको बैठकपछि पनि उनी बैठकका निर्णयबारे खुल्न चाहेनन्।

बिहीबारको बैठकपछि चाहिँ उनी ७ साउनअघि झैँ यथावत रुपमा पत्रकारहरु सामु उपस्थित भए। र, बैठकले गरेका निर्णयहरु सुनाए। आजको बैठकले उनको सम्बन्धमा पनि एउटा निर्णय गरेको थियो। त्यो हो, चिनिया कम्युनिष्ट पार्टीको निम्तो मान्न श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधि मण्डल चीन भ्रमणमा पठाउने।यो निर्णय सुनाउँदै गर्दा उनले आफ्नो नाम अगाडि प्रबक्ता भन्ने विशेषण जोड्न चाहेनन्। उनले यत्तिमात्र भने, ‘कमरेड नारायणकाजी श्रेष्ठको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा १२-१९ सेप्टेम्बरसम्म एक हप्ताको भ्रमणमा प्रतिनिधि मण्डल पठाउने निर्णयपनि गरिएको छ।’

बुधबारको बैठककै निरन्तरता भएकाले होला, बिहीबारको बैठकमा चाहिँ यसबारेमा खासै चर्चा भएन। सायद उनको राजीनामाबारे कुनै औपचारिक निर्णय गर्नुपर्ने आवस्यकतापनि केन्द्रीय सचिवालयका नेताहरुले देखेनन्। आफ्नो माग अनुसार राजिनामाबारे केन्द्रीय सचिवालयले कुनै निर्णय नगरेपनि श्रेष्ठ बैठकलगत्तै निर्णय सार्वजनिक गर्न चाहिँ राजी देखिए। बैठकमा के के निर्णय भए, सबै उनले नै औपचारिक रुपमा सार्वजनिक गरे।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Prem Bahadur

    PAXADI KHALDO XA AGADI AAGO XA KAHA JANU HUNXA TAPAI ?YEK DIN MW PANI YEKATA KENDRA KO ADAXYAA THIYE BIHAR K GARNU QUALIFITION KUM THIYO NATRA TAPAI KO THAU MA MW HUNE THIYE

    Comment Author

    Ghanashyam Baral

    पहिले यिनलाइ स्वाभिमानि भनियाे तर रहेनछन , मूडी रहेछन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?