सांसद राजिव पहारी फेवाताल संरक्षणमा, ३ जना सांसदले दिए साथ !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सांसद राजिव पहारी फेवाताल संरक्षणमा,  ३ जना सांसदले दिए साथ !

सारांश

  • पोखरा, १९ जेठ ।
  • कास्किमा रहेकाे फेवाताल संरक्षणकाे लागी सांसदहरूले सक्रियता देखाएका छन।
  • शुक्रबार कास्कीबाट प्रदेशसभामा निर्वाचित  सांसद राजिव पहारी लगायत ३ जना सांसदले साे बिषयमा कार्यक्रमकाे अायाेजना गरेका थिए ।

पोखरा, १९ जेठ । कास्किमा रहेकाे फेवाताल संरक्षणकाे लागी सांसदहरूले सक्रियता देखाएका छन।

शुक्रबार कास्कीबाट प्रदेशसभामा निर्वाचित  सांसद राजिव पहारी लगायत ३ जना सांसदले साे बिषयमा कार्यक्रमकाे अायाेजना गरेका थिए ।

क्षेत्र नम्बर ३ प्रदेश १ का सांसद राजिव पहारीको अग्रसरतामा क्षेत्र नम्बर ३ प्रदेश २ का सांसद रामजी बराल र कास्की क्षेत्र नम्बर २ प्रदेश २ का सांसद विन्दुकुमार थापाले कार्यक्रम गरेकाे हुन । तालको संरक्षणमा गर्न सकिने उपायका बारेमा  छलफल गर्न ३ जना सांसदले सम्बन्धित सराेकारवालाहरू संग छलफल गरेका थीए ।

प्रदेश ४का मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र बन, वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालको समेत सहभागितामा भएको कार्यक्रममा तालसंग सरोकार राख्ने विभिन्न निकाय र विज्ञहरुले आगामि दिनमा ताल संरक्षणका लागि गर्नुपर्ने विभिन्न उपाएका बारेमा चर्चा गरे गरेकाे पहारीले बताए। 

तालको संरक्षणका विषयमा धेरै चर्चा भएपनि काम कसले थाल्ने भन्ने अन्योल सहि नभएको बताउदै मूख्यमन्त्री  गुरुङले अब तालको संरक्षण एकीकृत ढंगले गरिने बताए । उनले भने यस अगाडि भएका सबै अध्ययनलाई ‘रिफ्रेन्स’को रुपमा लिएर अगाडि बढ्दै सबै सरोकारवाला निकाय र स्थानीय सरकारसंग बसेर ताल संरक्षणको कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाए ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले फेवातालका लागि चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ छुट्याएको बताए । कार्यक्रममा सहभागि अधिकांस सरोकारवाला र विज्ञले तालको संरक्षणका लागि एकीकृत ढंगले तालको संरक्षणमा लाग्नुपर्ने बताए । उनिहरूले नगरपालिका र गाविस कसले ताल हेर्ने भन्ने अन्योल भयो भनिएपनि अहिले स्थानीय सरकार वा प्रदेश सरकार कसले हेर्ने भन्ने अन्योल देखिन नहुने बताएका थिए । 

फेवातालकै विषयमा पिएचडी गरेका पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा देबेन्द्रबहादुर लामिछानेले तालको पश्चिमी भागबाट बर्षेनी आउने माटो र ढुंगा नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले जलाधार क्षेत्रमा परम्परागत ढंगले खेती गर्नुभन्दा माटोलाई संरक्षण गर्ने खालका बनस्पती रोप्नुपर्ने बताए । उनले तालको संरक्षणका लागि जलाधार हुँदै तालको मुलभागसम्म आइपुग्दा मानव निर्मित ३ वटा कृतिम जलासय बनाउन सुझाएका छन् । सुरुमा १० किलोमिटर क्षेत्र लम्बाई रहेको ताललाई त्यहीढंगको संरक्षण योजना चाहिने उनको भनाई छ ।

भूगोलविद् प्राडा कृष्ण केसीलेपनि जलाधार क्षेत्र सहितको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले जलाधार क्षेत्र देखि पोखराको बीचबाट बग्ने फिर्के बुँलौदी र सेती नहरको समेत व्यवस्थापन हुनेढंगले निकासका लागि यस अगाडि भएका अध्ययनलाई हेरेर काम गर्न आग्रह गरे ।

हिजो केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैले अपनत्व लिने गरी पोखराका फेवाताल सहित सबैतालको एकीकृत संरक्षणका लागि छुट्टै प्राधिकरण गठन गर्न सके तालहरुको संरक्षण हुने फेवाताल अतिक्रमित क्षेत्र अध्ययन उच्च स्तरीय समितिका संयोजक समेत रहेका पूर्व उपात्यका नगरविकास समितिका अध्यक्ष विश्वप्रकाश मैनालीले बताए । ‘एउटा शक्तिशाली कोष सहितको प्राधिकरण गठन गरौं,’ उनले प्रस्ताव गरे, ‘यसले संरक्षण मात्र होइन यसको विकास र विविध योजना नै बनाउन सकोस् ।’ लामिछानेको तर्कसंग अधिकांस सहभागि सहमत थिए ।

फेवाताल डुंगा व्यवसाय समितिका अध्यक्ष मंगल नेपालीले विक्रम संवत २०४२ मा आफूले तालको गहिराई १ सय ५० फिट गहिरो पाएको ठाउँमा अहिले ८० फिट मात्र गहिरो रहेको जानकारी दिए । ताललाई अब नजोगाउने हो भने छिट्टै पुरिने बताए । बाटो मुनी १५ फिटको उचाइ भन्दा अग्लो बनाउन नपाइनेमा १० तलासम्म बनाइएको उनले बताए । ‘पैसा हुनेले मनलाग्दी संरचना बनाउन पाउने नहुनेले १५ फिट पनि नपाउन, यो कस्तो नियम हो,’ उनले भने ।

प्रदेश सांसद राजिव पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद रामजी बरालले स्वागत गरेका थिए भने अर्का सांसद विन्दु थापाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, राष्ट्रिय सम्पदा संरक्षण समितिका अध्यक्ष रामबहादुर पौडेल, प्रदेश सांसद कृष्ण थापा, प्रर्यटन विज्ञ वाशु त्रिपाठी लगायतले ताल संरक्षणका बारेमा बोलेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती
प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती
राती १ बजेसम्म अनलाईन बैठक,केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्दै नेकपा
राती १ बजेसम्म अनलाईन बैठक,केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्दै नेकपा
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण
मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
सपना साकार पार्न राम्रो नीति र व्यवहारका साथ अघि बढ्छाैं : ओली
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
खैरो हेरोइनसहित चार पक्राउ
खैरो हेरोइनसहित चार पक्राउ
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी
बालिका करणीकाे अाराेपमा एकजना पक्राउ !
बालिका करणीकाे अाराेपमा एकजना पक्राउ !
बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )
बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )

तपाईंले छुटाउनुभयो कि?