आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २४, २०७९
|
|
३७ पटक हेरिएको
Shares
आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

सारांश

  • काठमाडौँ ।
  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।
  • सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी)ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिनुभयो ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी)ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिनुभयो । उहाँले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गर्नुभएको हो । आफू मन्त्री भएपछि दुई पटक टेलिफोन गरी धर्नामा रहनुभएकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सहयोग गर्न आग्रह गरेको बताउनुभयो ।

यसअघि गत सोमबार गृहमन्त्री लामिछानेले गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिनु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीमा प्रचण्ड-माधव पक्षको गठबन्धनपछि ओलीलाई धक्का
कर्णालीमा प्रचण्ड-माधव पक्षको गठबन्धनपछि ओलीलाई धक्का
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर कांग्रेस चुनावमा जान्छः मन्त्री यादव
मोहन वैद्यको देजमो पनि डा. गोविन्द केसीको पक्षमा
मोहन वैद्यको देजमो पनि डा. गोविन्द केसीको पक्षमा
सरकारले ‘सिन्कोसम्म नभाँचेको’ राणाको आरोप
महायज्ञको दोस्रो दिन डेढ लाख वढी रकम संकलन
नबिल बैंकद्वारा बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर, केन्द्रीय बैंकले अनुसन्धान गर्ने
नबिल बैंकद्वारा बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर, केन्द्रीय बैंकले अनुसन्धान गर्ने
काठमाडौँमा अपहरण गरिएका बालकको हत्या
काठमाडौँमा अपहरण गरिएका बालकको हत्या
भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए
भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए
वामदेवद्वारा एकता अभियानको पूर्वाभ्यास, प्रचण्डसँग भेटवार्ता
वामदेवद्वारा एकता अभियानको पूर्वाभ्यास, प्रचण्डसँग भेटवार्ता
महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘
महोत्तरीमा मतगणनाको सूचना लिन कठीन,सञ्चारकर्मीलाई प्रवेश निषेध ‘