काठमाडौंको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
काठमाडौंको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस

सारांश

  • काठमाडौं, पुस २३ ।
  • पश्चिमी वायुको प्रभावसँगै जम्मु कास्मिर हुँदै हिमालमाथिबाट हावा आएकाले काठमाडौंलगायत देशभर चिसो बढेको छ ।
  • काठमाडौंमा आज बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

काठमाडौं, पुस २३ । पश्चिमी वायुको प्रभावसँगै जम्मु कास्मिर हुँदै हिमालमाथिबाट हावा आएकाले काठमाडौंलगायत देशभर चिसो बढेको छ ।

काठमाडौंमा आज बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष कै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि शुक्रबार १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको शनिबारको न्यूनतम तापक्रम एक दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो ।

गएको वर्ष माघ १ गते न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको न्यूनतम तापक्रम २०३४ साल पुस २७ गते अहिलेसम्म कै कम माइनस ३ दशमलव ५ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अन्य स्थानमा पनि चिसो निकै बढेको छ । गत २४ घण्टामा जुम्लामा सबैभन्दा धेरै चिसो भएको छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २, जोमसोमको माइनस ४ दशमलव ७ र जिरीको माइनस् ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?