केही दिनअघि एक्कासि सरुवा गरिएका गोपिनाथ मैनालीमाथि यसरी खनियो निर्वाचन आयोग !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
३५ पटक हेरिएको
Shares
केही दिनअघि एक्कासि सरुवा गरिएका गोपिनाथ मैनालीमाथि यसरी खनियो निर्वाचन आयोग !

सारांश

  • काठमाडौँ ।
  • निर्वाचन आयोगले आयोगका पूर्व सचिव गोपीनाथ मैनालीलाई व्यावसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न सरकार समक्ष आग्रह गरेको छ ।
  • सचिव मैनालीले निजामति प्रशासनको मर्यादा विपरित भ्रामक र आधारहिन प्रचारबाजी गरेको जनाउँदै आयोगले सरकार समक्ष उक्त आग्रह गरेको हो ।

काठमाडौँ । निर्वाचन आयोगले आयोगका पूर्व सचिव गोपीनाथ मैनालीलाई व्यावसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न सरकार समक्ष आग्रह गरेको छ ।

सचिव मैनालीले निजामति प्रशासनको मर्यादा विपरित भ्रामक र आधारहिन प्रचारबाजी गरेको जनाउँदै आयोगले सरकार समक्ष उक्त आग्रह गरेको हो ।

गरिमामय संवैधानिक आयोग र आयोगका पदाधिकारीको मानमर्दन हुनेगरी हुँदै नभएको लाञ्छना लगाई आम जनसमुदायमा भ्रम फैलाई निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र गरिमामा सचिव मैनालीले आघात पुर्याएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सचिव सरुवाको विषयलाई लिएर आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालमा अनर्गल भ्रमक र तथ्यहिन समाचार प्रकाशित भएकोमा आयोगको ध्यानाकर्षण भएको जनाइएको छ ।

एक करोड ४० लाखभन्दा बढी मतदाता नामावली छपाई, मतदाता परिचयपत्रको व्यवस्थापन, मतदाता शिक्षालगायत कार्यक्रमलाई समयमै व्यवस्थापन गरी पहिलो चरणको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिएको कुराको स्मरण पनि आयोगले गरेको छ ।

स्थानीय तहको प्रहिलो चरणको निर्वाचन सम्पन्न गर्न आयोगका सम्पूर्ण कर्मचारी अहोरात्र कठोर मेहनत, कुशलता र निष्ठापूर्वक खटिएका जनाउँदै आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा असहज वातावरणमा पनि पहिलो चरणको निर्वाचनको जिम्मेवारी पूरा भएको उल्लेख छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै आयोगले बुधबार हुने निर्वाचनमा निर्धक्क भई मतदानमा सरिक हुन मतदातालाई अपिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हैजाबाट यमनमा दुई हजारभन्दा बढीको मृत्यु
हैजाबाट यमनमा दुई हजारभन्दा बढीको मृत्यु
रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो
रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो
लगातार  वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढ्यो !
लगातार वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढ्यो !
आज रक्षाबन्धन कस्तो छ तपाईंको राशिफल?
आज रक्षाबन्धन कस्तो छ तपाईंको राशिफल?
रु ३९ लाखमा झोलुङ्गे पुल बन्यो
चिनियाँ राष्ट्रपतिसँग भेट पछि वाइडेनले भने-गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल
चिनियाँ राष्ट्रपतिसँग भेट पछि वाइडेनले भने-गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !
बैशाख १५ देखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदै, अब यसो गर्नुहोस्
बैशाख १५ देखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदै, अब यसो गर्नुहोस्
उग्र बन्दै रोशनी शाही, भण्डाफोर गर्ने भन्दै मागिन प्रम ओली र प्रचण्डको राजीनामा
उग्र बन्दै रोशनी शाही, भण्डाफोर गर्ने भन्दै मागिन प्रम ओली र प्रचण्डको राजीनामा

तपाईंले छुटाउनुभयो कि?