एसियाडः प्याराग्लाइडिङबाट नेपाललाई रजत पदक !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
एसियाडः प्याराग्लाइडिङबाट नेपाललाई रजत पदक !

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • एशियाली खेलकूद (एशियाड)मा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ ।
  • एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो ।

काठमाडौँ, १३ भदौ । एशियाली खेलकूद (एशियाड)मा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा जारी १८आैँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । जाकार्तास्थित गुनुङ मास पुनकाकमा भएको खेलमा नेपालले रजतपदक पक्का गरेको हो । प्रतियोगितामा स्वर्णपदक भने जापानले हात पा¥यो ।

यसअघि सन् १९९८ मा थाइल्याण्डको बैककमा भएको एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् । नेपालले यसअघिका एशियाडमा तेक्वान्दो, बक्सिङ र कराते गरी २३ पदक जित्न सफल भएको थियो । नेपाल जापानभन्दा २७ अंकले मात्रै पछि परेको थियो । पाँचाँै राउण्डको खेल सकिँदा नेपालले ११ हजार ३६४ अंक मात्र बनाउन सक्यो ।
त्यस्तै पहिलो स्थानमा रहेको जापानले भने ११ हजार ३९१ अंक जोड्यो । क्रस कन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए । प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुन्छन् । नेपाली टोलीमा विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?