देउसी भैलोको रकमवाट अपाङ्गलाई व्हिल चियर वितरण !
सारांश
- माधव बेल्वासे कपिलवस्तु पुष १ देउसी भैलोको रकमवाट कपिलवस्तुमा रहेका शारिरीक अपाङ्गता भएका व्याक्तिहरुलाई व्हिल चियर वितरण गरिएको छ ।
- जिल्लाको चन्द्रौटामा रहेको जस्ट डान्स कृयुले गत तिहारमा संचालन गरेको देउसी भैलो कार्यक्रम वाट संकलन भएको रकमवाट जिल्लाका विभिन्न ठाउमा रहेका अपाङ्गता व्यक्तिहरुलाई सनिवार एक कार्यक्रम आयोजना गरि व्हिल चियर वितरण गरिएको छ ।
- वितरण कार्यक्रममा वोल्दै कपिलवस्तु क्षेत्र न ३ ,१ प्रदेश सभा सदस्य अर्जुन के सी ले दिनरात नभनी खेलेको भैलोवाट संकलन गरेर अपाङ्गहरुलाई सहयोग गरेकोमा उदारहणिय काम गरेको वताए ।
माधव बेल्वासे
कपिलवस्तु पुष १ देउसी भैलोको रकमवाट कपिलवस्तुमा रहेका शारिरीक अपाङ्गता भएका व्याक्तिहरुलाई व्हिल चियर वितरण गरिएको छ । जिल्लाको चन्द्रौटामा रहेको जस्ट डान्स कृयुले गत तिहारमा संचालन गरेको देउसी भैलो कार्यक्रम वाट संकलन भएको रकमवाट जिल्लाका विभिन्न ठाउमा रहेका अपाङ्गता व्यक्तिहरुलाई सनिवार एक कार्यक्रम आयोजना गरि व्हिल चियर वितरण गरिएको छ ।
वितरण कार्यक्रममा वोल्दै कपिलवस्तु क्षेत्र न ३ ,१ प्रदेश सभा सदस्य अर्जुन के सी ले दिनरात नभनी खेलेको भैलोवाट संकलन गरेर अपाङ्गहरुलाई सहयोग गरेकोमा उदारहणिय काम गरेको वताए ।तिहारमा देउसी भैलो खेलेर भोजभतेर गर्ने तथा रमाइलो गरेर मात्र खर्च गर्ने परम्परालाई तोडेर समाज विकाश तथा दुखी गरिवीलाई सहयोग गर्ने नया कार्य उत्पन्न गरेकोमा सो सस्थालाई धन्यवाद दिए ।केसीले आगामी दिनमा पनि गरिवी दुखी तथा असाहयहरुलाई सहयोगको लागी आफु तयार रहेकोले आफु सक्दो सहयोग गर्ने आश्वसान पनि दिए ।
त्यस्तै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले सानो भैलो खेलेर यति ठुलो सामाजिक कार्य गर्न सफल भएकोमा यसको अरुलेपनि देखासिकि गर्नुपर्ने वताए ।थोरै थोरै रकम संकलन गरेर त्यो रकमलाई सामाजिक कार्यमा लगाउने प्रयास गरेकोमा यो कार्यको प्रशसा गरे ।देउसि भैलो खेलेर मनोरन्जलाई मात्र प्रथमिकता दिनु भन्दा यस्ता सामाजिक कार्य गनुपर्ने प्रमुख अधिकारीले जोड दिए । अपाङ्ग व्यक्तिहरुलाई पढने इच्छा हुदा हुदा पनि वन्चित हुनुपरेको र यो व्हिल चियरको मद्धतवाट शिक्षाको पहुच सम्म पुग्ने वताए ।गरिविका कारण घरमै कुम्सीएर वस्नुपरेको भन्दै देउसी भैलोमा दिन रात नभनि थोरै थोरै रकम संकलन गरेर हिड्न नसक्ने व्यक्तिको आखाको आशु पुछिदिएको वताए ।त्यस्तै कार्यक्रममा वोल्दै विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापा,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,समाजसेवी गणेश केसी लगाएतले यो सामाजिक कार्य गर्नमा सफल भएकोमा कार्यको प्रशसा गरे ।
कपिलवस्तुको विजयनगर गाउपालिका वनगाई वस्ने सुनरपति गडरिया,विजयनगर गाउपालिका शंकरपुर वस्ने सिता थारु, शिवराज नगरपालिका ११ नयावस्ति वस्ने ओम वहादुर नेपाली,शिवराज नगरपालिका ५ चन्द्रौटा वस्ने गिर वहादुर कुवर, शिवराज नगरपालिका ५ पुर्व रहटकोल की सुमित्रा थारु, शिवराज नगरपालिका ३ वनकट्टी वस्ने प्रभु सुनालाई लाई हस्तानरण गरिएको हो ।त्यस्तै कार्यक्रमवाटै असाहय दुखि गरिवी वालवालिकालाई स्टेसनरी सामाग्रि,जाडोका कपडाहरु समेत वितरण गरिएको छ ।
प्रतिक्रिया