काठमाडौंमा एकैदिन १६८ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १, २०७७
|
|
३९ पटक हेरिएको
Shares
काठमाडौंमा एकैदिन १६८ जना कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ५ सय ८१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६८ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ५ सय ८१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ हजार ५ सय २० जनाको पिसीआर परिक्षणमा ५ सय ४१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १६० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ४ सय ९५ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १३९ जना र ललितपुरका १५ जना र भक्तपुरका १४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २७ हजार २ सय ४१ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?