स्वेच्छिक अवकाश दिएका कर्मचारीलाई रोजेकै पायक पर्ने ठाउँमा खटाउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ७, २०७५
|
|
५० पटक हेरिएको
Shares
स्वेच्छिक अवकाश दिएका कर्मचारीलाई रोजेकै पायक पर्ने ठाउँमा खटाउने

सारांश

  • काठमाडौं – स्वेच्छिक अवकाशका लागि आवेदन दिएका कर्मचारीलाई अवकाश नदिई सरकारले अव पायक पर्ने स्थानमै खटाउने भएको छ।
  • सरकारले स्वेच्छिक अवकाश प्याकेज कार्यान्वयन नगर्ने घोाषणा गरेलगत्तै असन्तुष्ठ बनेका कर्मचारीलाई सकभर रोजेकै पायक पर्ने स्थानमा खटाउने भएको हो।
  • पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ल्याएको स्वेच्छिक अवकाश प्याकेज देशको हितविपरित भएको भन्दै वर्तमान सरकारले त्यसलाई कार्यान्वयन नगर्ने भएपछि सो अवकाश प्याकेज रोजेका कर्मचारीलाई पायक पर्ने ठाउँमा खटाउने भएको हो।

काठमाडौं – स्वेच्छिक अवकाशका लागि आवेदन दिएका कर्मचारीलाई अवकाश नदिई सरकारले अव पायक पर्ने स्थानमै खटाउने भएको छ। सरकारले स्वेच्छिक अवकाश प्याकेज कार्यान्वयन नगर्ने घोाषणा गरेलगत्तै असन्तुष्ठ बनेका कर्मचारीलाई सकभर रोजेकै पायक पर्ने स्थानमा खटाउने भएको हो।

पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ल्याएको स्वेच्छिक अवकाश प्याकेज देशको हितविपरित भएको भन्दै वर्तमान सरकारले त्यसलाई कार्यान्वयन नगर्ने भएपछि सो अवकाश प्याकेज रोजेका कर्मचारीलाई पायक पर्ने ठाउँमा खटाउने भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकाश प्याकेज अव कार्यान्वयन नहुने भएकाले अवकाश प्याकेज रोजेकालाई सकभर पायक पर्ने स्थानमै खटाइने बताए। ‘स्वेच्छिक अवकाश प्याकेज लागु हुँदैन,’ मन्त्री पण्डितले भने ‘तर स्वेच्छिक अवकाशका लागि आवेदन दिएकालाई सकभर रोजेकै पायक पर्ने ठाउँमा खटाउने प्रयास गर्छाैं।’ उनले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई अव स्वेच्छिक अवकाशको आशमा नवसी प्रतिवद्ध भएर जनताको सेवामा लाग्न समेत आग्रह गरे।

कर्मचारी समायोजन ऐनमा भएको व्यवस्था अनुसार ५० बर्ष उमेर र २० बर्ष सेवा अवधी पुरा भएका कर्मउचारीलाई सात बर्षको एकमुष्ठ पेन्सन र थप सुविधा समेत दिनेगरि पूर्ववर्ती सरकारले स्वेच्छिक अवकाश योजना ल्याएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सूचनामा स्वेच्छिक अवकाश योजनाका लागि ९ हजार ६ सय ५६ जना कर्मचारीले आवेदन दिएका थिए। तर सरकारले स्वेच्छिक अवकाश आवेदन स्विकृत नगर्ने बताए लगत्तै स्वेच्छिक अवकाशका लागि आवेदन दिएका कर्मचारीहरु भने असन्तुष्ट बनेका छन्। मन्त्रालय स्रोतका अनुसार अवकाशका लागि आवेदन दिनेहरुमध्ये अधिकांश नियमित अवकाशको मुखमै पुगेकाहरु छन्। उनीहरुमध्ये अधिकांशले केही दिन, महिनामै अनिवार्य अवकाश पाउने भएपनि स्वेच्छिक अवकाश प्याकेजको ग्रेड समेत थप गरि ७ बर्षको एकमुष्ठ पेन्सन पाउने लोभमा आवेदन दिएकाहरु हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार स्वेच्छिक अवकाशका लागि आवेदन दिएका झण्डै १३ सय कर्मचारीले नियमित अवकाश पाइसकेका छन्।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले कन्टेनर र जिप बगायो
पहिरोले कन्टेनर र जिप बगायो
लकडाउन जेठ ३२ सम्म
लकडाउन जेठ ३२ सम्म
लेखनाथ नगरपालिका गठन गर्न माग गर्दै सघर्ष समिती गठन
सलमान खानका पूर्वअंगरक्षकले मच्चाए उत्पात, प्रहरीले नियण्त्रणमा लिन यस्तोसम्म गर्नुपर्यो
सलमान खानका पूर्वअंगरक्षकले मच्चाए उत्पात, प्रहरीले नियण्त्रणमा लिन यस्तोसम्म गर्नुपर्यो
किन आए नेपाल बलिउड स्टार गोविन्दा ?
किन आए नेपाल बलिउड स्टार गोविन्दा ?
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता
पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखे सम्बन्ध बिच्छेद , यस्तो छ सम्बन्धविच्छेदको व्यवस्था
पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखे सम्बन्ध बिच्छेद , यस्तो छ सम्बन्धविच्छेदको व्यवस्था
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
कस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन्- रुने पनि हाँस्ने पनि एकैपटक भयो
आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना
आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना
मेलम्ची खानेपानीको सुरुङमा खन्न अब ३९ सय मिटर मात्रै बाँकी
मेलम्ची खानेपानीको सुरुङमा खन्न अब ३९ सय मिटर मात्रै बाँकी

तपाईंले छुटाउनुभयो कि?