डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
३७ पटक हेरिएको
Shares
डिलाशैनीमा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’

सारांश

  • काठमाडौँ ।
  • बैतडीको डिलाशैनी गाउँपालिकामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन हुने भएको छ ।
  • जिल्ला अस्पतालको आयोजनामा यही चैत २४ र २५ गते पालिकाको धामी गाउँमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

काठमाडौँ । बैतडीको डिलाशैनी गाउँपालिकामा ‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालन हुने भएको छ । जिल्ला अस्पतालको आयोजनामा यही चैत २४ र २५ गते पालिकाको धामी गाउँमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनको तयारी गरिएको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । उनका अनुसार शिविरमा हाडजोर्नी तथा नशा रोग, बाल रोग, सामान्य चिकित्सा, दाँत तथा मुख रोगसम्बन्धी विशेषज्ञ सेवाका साथै विभिन्न परीक्षण, औषधि तथा परामर्श सेवा प्रदान गरिने छ ।

अस्पतालको पहुँच बाहिर रहेका दुर्गम ठाउँका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

यसअघि गत फागुनमा जिल्लाको सिगास र पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएकोे ‘गाउँघरमा चिकित्सक कार्यक्रम’बाट एक हजार बढी नागरिक लाभान्वित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?