प्रदेश १ र २ बीचको सीमा विवाद
सारांश
- १० वैशाख, विराटनगर ।
- प्रदेश १ का सांसदहरुले प्रदेश २ सँगको सीमा समस्या विवाद सुल्झाउन माग गरेका छन् ।
- उदयपुरका प्रदेश सांसद नारायण बुर्जा मगरले सरकारको ध्यानाकर्षण गराएका हुन्।
१० वैशाख, विराटनगर । प्रदेश १ का सांसदहरुले प्रदेश २ सँगको सीमा समस्या विवाद सुल्झाउन माग गरेका छन् ।उदयपुरका प्रदेश सांसद नारायण बुर्जा मगरले सरकारको ध्यानाकर्षण गराएका हुन्।
उदयपुरको त्रियुगा र कटारी नगरपालिकाको केही वडाभित्र पर्ने चुरे क्षेत्र प्रदेश २ ले आफ्नो दाबी गरी रहेको भन्दै उदयपुरका प्रदेश सांसद नारायण मगरले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
त्रियुगा नगरपालिका र कटारी अन्तर्गत पर्ने चुरे क्षेत्रको लालपूर्जा र त्यसक्षेत्रका बासिन्दाको नागरिकता पनि प्रदेश १ मा कायम भएको भए पनि प्रदेश २ ले आफ्नो दावी गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया