कानुन व्यवसायी चुनाव : बारमा प्रगतिशीलको दुई तिहाइमा आए चण्डेश्वर अध्यक्ष

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा प्रगतिशील पेसागत समूहको दुई तिहाई बहुमत नेतृत्वमा आएको छ ।
  • नेकपा निकटका चण्डेश्वर श्रेष्ठसहित बहुमत सदस्यमा विजयी भएका छन्।

काठमाडौं । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा प्रगतिशील पेसागत समूहको दुई तिहाई बहुमत नेतृत्वमा आएको छ ।

नेकपा निकटका चण्डेश्वर श्रेष्ठसहित बहुमत सदस्यमा विजयी भएका छन्। महासचिवमा भने लोकतान्त्रिक कानुन व्यवसायीका तर्फबाट लीलामणि पौडेलले जितेका छन् । पौडेलसहित ३ जना कांग्रेस निकट लोकतान्त्रिक समुहबाट जितेका छन् ।

चैत १६ मा भएको चुनाव बिहीबार साँझ परिणाम आएको हो। अध्यक्षमा विजयी श्रेष्ठले चार हजार २२ मत पाए भने निकटतम प्रतिद्वन्द्वी सुनिलकुमार पोखरेलको भागमा तीन हजार आठ सय ३७ मत पाएका छन् ।

बारको नव निर्वाचित २५ सदस्यीय कार्यसमितिमा प्रगतिशील समूहका २३ जना विजयी भए भने लोकतान्त्रिक समूहबाट महासचिव, प्रदेश ५ का उपाध्यक्ष र एकजना सदस्य गरी तीनजनामात्र विजयी भए।

महासचिवमा विजयी लीलामणि पौडेलले चार हजार एक सय ७८ र निकटतम प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर थापाले तीन हजार सात सय एक मत पाए। कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेल विजयी भए ।

त्यसैगरी प्रदेश उपाध्यक्षमा १ का मानबहादुर रुम्दाली, २ का रामचन्द्र सिंह, ३ का ईश्वरीप्रसाद भट्टराई, ४ का सुरेन्द्र थापामगर, ५ का सुनिलकुमार श्रेष्ठ, कर्णालीका मीनबहादुर महत र सुदूरपश्चिमका उमेशप्रसाद विष्ट निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा रक्षा बस्याल, त्यसैगरी मोहन शाहशंकर, पञ्चनारायण मण्डल, मनोजकुमार चौधरीले जितेका छन् । बिनाकुमारी सिंह, बद्रीनारायण नगरकोटी, कल्पनाकुमारी भण्डारी, अन्जु कायस्थ, शिवराज पण्डित, गंगासागर खत्री, भिमसेन बन्जारा, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे, खिमानन्द अधिकारी विजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?