यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर, विद्यालय बन्द ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
४४ पटक हेरिएको
Shares
यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर, विद्यालय बन्द ।

सारांश

  • रमेश केसी बझाङ।
  • विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ ।
  • सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन्।

रमेश केसी बझाङ। विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन्।तीन महीना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासी सपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताए। यहाँका धेरैजसो स्थानीयवासीले यार्सा सङ्कलनबाटै सदरमुकाम चैनपुर, धनगढी (कैलाली) महेन्द्रनगर (कञ्चनपुर) काठमाडौँसम्म घर तथा जग्गा खरीद गरिसकेका छन्।अहिले लेकमा हिउँ भएको भए पनि तल्लो भेगतिर यार्सा पाइन थालेपछि लेकतिर जान थालेका हुन्। वैशाखको पहिलो साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयवासी असारको अन्तिमतिर मात्र घर फर्किन थाल्छन्।

सुर्मा, साइपाल गाउँपालिकाका स्थानीयवासी अहिलेको ‘सिजन’मा घरमा ताला लगाएर यार्सा सङ्कलन गर्न जाने गरेको गाउँपालिकाका प्रेमबहादुर बोहराले बताए। यहाँ पाखो जमीन भएका कारण उब्जनी नहुने र तीन महीना यार्सा सङ्कलन गरेर वर्षभरिका लागि परिवारको लालनपालन गर्ने गरेको उनले बताए।सुत्केरी महिला, हिँडडुल गर्न नसक्ने वृद्धवृद्धा र ससाना हिँडडुल गर्न नसक्ने बालबालिकाबाहेक सबै अहिलेको सिजनमा यार्सा सङ्कलनका लागि लेकतिर लागेको स्थानीय कलकबहादुर बोहराले बताए। गाउँ नै शून्य बनाएर अहिले यहाँका स्थानीय यार्सा सङ्कलनका लागि लेकतिर गएको बोहराले बताए।

विगतका वर्षहरुभन्दा क्रमिकरूपमा यार्साको उत्पादन घट्दै गएको उनको भनाइ छ। विद्यालय बन्दसरकारले कुनै पनि पढ्ने उमेरका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर देशव्यापी भर्ना अभियान चलाइरहेकै बेला बझाङ जिल्लाका धेरैजसो सरकारी विद्यालय तीन महीनाका लागि बन्द भएका छन्। विद्यालयमा पढ्ने उमेरका सबै विद्यार्थी र अभिभावकसमेत यार्सागुम्बा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्तसम्मका लागि बन्द भएका हुन्। जिल्लाका साइपाल, सुर्मा गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् भने तल्कोट गाउँपालिका, बुङ्गल नगरपालिकाका केही विद्यालयसमेत बन्द भएका छन्। अझै केही विद्यालय यसै महीनाको अन्तसम्ममा बन्द हुनसक्ने साइपाल गाउँपालिकाका स्थानीयवासी वसन्त बोहराले बताए। चैतको वार्षिक परीक्षा सकिएदेखि नै विद्यालय बन्द भएको उनले बताए।यस क्षेत्रका बासिन्दाको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा सात÷आठ वर्षका बालकदेखि ७० वर्षका वृद्ध पनि यार्सागुम्बा टिप्न लेकतिर चढ्ने गरेका छन्।

विद्यालय बन्द भएपछि विद्यार्थीसँगै केही शिक्षक शिक्षिका पनि यार्सागुम्बा टिप्नका लागि पाटनतिरै उक्लिएका छन्।चैतको अन्तिम साताबाट यार्सागुम्बा सङ्कलन शुरु गरी असारमसान्तसम्म टिप्ने क्रम जारी हुनाले तीन महीना विद्यालय पूर्णरूपमा बन्द हुने गरेका साइपाल गाउँपालिकाका एक शिक्षक उज्ज्वल बोहराले बताए। उनले भने, “विद्यार्थी सबै यार्सा टिप्न जाने भएकाले अभिभावकको सहमतिमै विद्यालय बन्द गर्ने गरिएको छ।” एकै पटक साउनमा विद्यालय खुल्ने र केही विद्यार्थीले भर्नाको काम पनि त्यतिबेला नै गर्ने गरेको उनको भनाइ छ।दुर्गम हिमाली क्षेत्रका विद्यालय वर्षामा तीन महीना यार्सा सङ्कलनको समयमा र हिउँदमा मङ्सिरदेखि फागुनसम्म जाडोका कारण बन्द हुने गरेका छन्। यसैगरी दशैँ, तिहार र अन्य विदामा समेत विद्यालय बन्द हुने हुनाले यस क्षेत्रका विद्यालयमा वर्षमा चार महीना पनि राम्रोसँग पढाइ नहुने गरेको विद्यार्थी बताउँछन्।

नियमित पढाइ नहुँदा यस क्षेत्रका बालबालिकाको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धि न्यून हुने गरेको छ।समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा पाइने यार्सागुम्बा टिप्नका लागि अहिले यस जिल्लामा छिमेकी जिल्ला बाजुरा, बैतडी, हुम्ला, दार्चुला र अछामबाट मानिस ओइरिने क्रम शुरु भइसकेको छ भने यार्सागुम्बा टिप्न र व्यापार गर्नका लागि सुर्खेत, रुकुम, रोल्पा, काठमाडौँ, भारत र चीनको तिब्बतबाट एक सिजनमा २० देखि ४० हजार मानिस यहाँ आउने गरेका छन्। धेरै उचाइमा गएर काम गर्नुपर्ने र पालमुनिको बास हुने हुनाले अधिकांश बालबालिका र वृद्धहरु चिसोका कारण बिरामी हुने गर्दछन् भने कतिपयले ज्यानैसमेत गुमाउने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौन अवधिमा पैसा बाँड्ने रणनीतिमा ठूला दलका शीर्ष नेताहरु, पार्टीले पैसा दिने !
मौन अवधिमा पैसा बाँड्ने रणनीतिमा ठूला दलका शीर्ष नेताहरु, पार्टीले पैसा दिने !
यस्तो छ नुवाकोटमा अर्जुननरसिंह केसी र रामशरण महतको पछिल्लो मत परिणाम !
यस्तो छ नुवाकोटमा अर्जुननरसिंह केसी र रामशरण महतको पछिल्लो मत परिणाम !
४४ वर्षमा पनि अविवाहित छिन् एकता कपुर यस्तो छ कारण !
४४ वर्षमा पनि अविवाहित छिन् एकता कपुर यस्तो छ कारण !
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै  ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भ्रष्ट छवी भएकाहरूको राजनीतिक नियुक्ति तत्काल खारेज गर्न माग गर्दै ४३ केन्द्रीय सदस्यले बुझाए अध्यक्षद्वय ओली र प्रचण्डलाई ज्ञापनपत्र।
भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो
भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो
साढे १ करोड ठगेर भागे दम्पती
साढे १ करोड ठगेर भागे दम्पती
काठमाडौँमा शुक्रवार कति थपिए कोरोना संक्रमित ?
काठमाडौँमा शुक्रवार कति थपिए कोरोना संक्रमित ?
कुटपिट गरी भाइको हत्या
कुटपिट गरी भाइको हत्या
काठमाडौं उपत्यकामा एकैदिन १६१५ कोरोना संक्रमित थप