देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
५५ पटक हेरिएको
Shares
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !

सारांश

  • काठमाडौ ।
  • मुलुकको ठूलो मिडिया ग्रुप कान्तिपुर(केएमजी)ले आफ्ना कर्मचारी, पत्रकारहरुलाई अहिलेसम्म सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नदिंदा ठूलो निरासा उत्पन्न छाएको पत्रकारहरु बताउछन् ।
  • शंकास्पद ढंगले पुन प्रकाशन गृह छिरेका प्रधानसम्पादक नारायण वाग्लेप्रति आन्तरिक र बाह्य दुवैतिर असन्तुष्टी बढेको चर्चा पत्रकारहरु गर्दछन् ।

काठमाडौ । मुलुकको ठूलो मिडिया ग्रुप कान्तिपुर(केएमजी)ले आफ्ना कर्मचारी, पत्रकारहरुलाई अहिलेसम्म सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नदिंदा ठूलो निरासा उत्पन्न छाएको पत्रकारहरु बताउछन् । शंकास्पद ढंगले पुन प्रकाशन गृह छिरेका प्रधानसम्पादक नारायण वाग्लेप्रति आन्तरिक र बाह्य दुवैतिर असन्तुष्टी बढेको चर्चा पत्रकारहरु गर्दछन् । श्रमजीवी पत्रकारहरुको प्राप्तिमा काम गर्न नसकेपछि वाग्ले केएमजी हाउसभित्रै पनि घेराबन्दीमा परेका छन् ।

पत्रकार कर्मचारीको न्यूनतम पारिश्रमिक बढाउन व्यवस्थापनस“ग दवाव र समन्वय गर्नुपर्नेमा प्रधान सम्पादक वाग्ले उल्टै मालिकको पक्षमा उभिदै आएको आरोप पीडित पत्रकारहरुले लगाएका छन् । पैसा नबढाई सूचना तथा प्रसारण विभागको कार्ड पाउनुपर्ने तर्क उनले सरकारी पक्षसंग राखेका थिए भने सहकर्मी पत्रकारहरुलाई पनि यस्तै धारणा राख्न थालेको श्रमजीवी पत्रकार स्रोत बताउछ ।

कान्तिपुर छिरेको २०७६ असारमा एक वर्ष पुग्ने प्रधानसम्पादक वाग्लेले आउन साथ सुरुमा ३ महिना अध्ययन गर्न लाग्ने त्यसपछि सहकर्मीको तलब सुविधा बढाउने प्रतिवद्धतासहित काम थालेका थिए । प्रधानसम्पादक वाग्लेको वर्ष दिन पूरा हुन लाग्दा पनि सहकर्मी हितमा माखो नमारेपछि हरेक बैठकमा पत्रकारहरु उनीविरुद्ध खनिन थालेको खबर छ । प्रधानसम्पादक वाग्लेको केएमजीमा दोस्रो प्रवेशपछि ‘गुड–गुड’ होइन अब ‘ब्याड– ब्याड’ पो हुन थाल्यो भन्ने ब्यंग्य सुरु भएको छ ।

सरकारले न्यूनतम तलब दिएको रेकर्ड नपठाई सूचना तथा प्रसारण विभागले दिने प्रेस परिचयपत्र नदिने भनी कडाई गरेको छ । अन्नपूर्ण मिडिया नयाँ पत्रिकासहितमा यो समस्याको हल भइसकेको बताइन्छ । कान्तिपुरले भने सरकारले तोकेको सुविधा लागू नगर्दा पत्रकारहरु प्रेस पासबाटै बञ्चित हुनु परेको गुनासो प्राप्त भएको छ । यस विषयमा हरेक साता हुने केएमजीको बैठकमा पत्रकारहरुले प्रधानसम्पादक वाग्लेलाई जिज्ञासा राखे पनि उनी भने अन्य विकल्प प्रयोग गरेर सूचना ल्याउनु भन्दै टार्ने गरेको पत्रकारहरु गुनासो गर्छन् ।

प्रेस पास नभएपछि कान्तिपुरका पत्रकारहरु देशको मुख्य सूचना केन्द्र सिंहदरबार नै प्रवेश हुनबाट रोकिएका छन् । यो समस्याबारे चिफ रिपोर्टर बलराम बानियाँले अब म पत्रकारहरुलाई कसरी काम लगाउँ भनी बैठकमा कड्किएको बताइन्छ । सिंहदरबार मात्र होइन संसद, अदालत सबै ठाउँमा सूचना विभागको पासलाई नै मुख्य आधार मानिएको छ । प्रधानसम्पादक वाग्ले भने सांसद, कर्मचारी वा अन्यबाट दैनिक पास मागेर भित्र छिर्न पर्ने सुझाव दिन थालेपछि पत्रकाहरु दिक्क मान्न थालेका छन् । हु“दा हु“दा जो पत्रकारको साथमा विभागको पास छ उसैलाई सम्बन्धित विषयमा रिपोर्टिग गर्न लगाइन थालिएको छ ।

सिन्धुपाल्चोकमा लामोसमय काम गरी जिल्ला ब्यूरोमा काम गरेका क्रृषिराम पौडेलको पासको अवधि चार महिना भएको दुर्लभ उदाहरण भेटिएपछि उनैलाई संसद गतिविधि हेर्न पठाउन थालिएको छ । उनको त्यो बा“की चार महिनापनि यही असार मसान्तभित्र सकिने भएकोले अब कसरी छिर्ने होला भनी उनी संसदतिर रिपोर्टिंग गर्ने अन्य पत्रकारहरुसंग ठट्यौली गर्न थालेका छन् ।

प्रधानमन्त्री केपी ओली युरोप भ्रमणमा हुँदा कार्यवाहक प्रधानमन्त्री रहेका ईश्वर पोखरेलले राखेको पत्रकार भेटघाटमा पनि प्रधानसम्पादक वाग्लेले अनौठो तर्क राखेका थिए । प्रेस पास विनै सिंहदरबार संसद ओहोरदोहोर गर्न पाउनुपर्ने सूचनाको हक खोस्नु नहुने भन्ने तर्क राखेपछि अरु सम्पादकहरु ट्वाँ परेका थिए । यही तर्क कान्तिपुरका पत्रकारहरुको बैठकमा समेत उनले राखेको स्रोत बताउछ ।

तीन महिनापछि सुविधा बढेको चिठी आउला भनी कुरेर बसेका पत्रकारहरु प्रधानसम्पादक वाग्लेले यस्तो तर्क राख्न थालेपछि बैठकमै अनुपस्थित हुन थालेको पत्रकारहरुले साँघुलाई बताए । जनकराज सापकोटा, कृष्ण ज्ञवाली दीपेन्द्र विष्ट, देवेन्द्र भट्टराई अब्दुल्लाह मियासहितले ‘दाइले भनेको चिठी आउने कहिले हो’ भन्दै खिल्ली उडाउन थालेका छन् । पत्रकार विष्टले २०७६ असार ६ गते शुक्रबारको बैठकमा सेवा सुविधाको चिठ्ठी नआउन्जेल समाचार पनि के छ भन्ने विवरण नआउने बताएका थिए । त्यो पनि उपस्थित भएर हैन चिफ रिपोर्टर बलराम बानियाँ मार्फत मौखिक सन्देश पठाएर ।

कान्तिपुर पत्रिका पनि विज्ञापन, पेजमा ओरालो लाग्दै गएको र आफूलाई कान्तिपुरमा काम गर्छु भन्दा नि अब लाज लाग्ने अवस्था आएको दैनिकरुपमा पत्रकारहरु गुनासो गरिरहेका छन् । यस्तै अवस्था आए प्रधानसम्पादक वाग्लेलाई कार्यकक्षभित्रै घेराबन्दी गर्ने सांकेतिक विरोध गरेर पत्रकारका गुनासो व्यवस्थापन समक्ष पु¥याउनेसम्मको छलफल हुन थालेको खबर छ ।

कान्तिपुरले टेबुलमुनिबाट पत्रकारहरुलाई केही रकम थपिदिएपनि सरकारलाई देखाउने कागजमा भने कम तलव दिएको विवरण पठाउने गरेको बताइन्छ । श्रमजीवी पत्रकारहरुको पारिश्रमिक लागु गर्न सरकारले कडाई गरेको हो, जसमा सबै पत्रकारहरु नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल पत्रकारसम्बद्ध संगठनहरुको दह्रो साथ रहेको छ ।

केएमजीको ब्यवस्थापन सम्हालेका भारतीय नागरिक रिखीको दवाव बढेको बताइन्छ । भारतीय नागरिक रिखी हावी भएपछि पछिल्लो समय कान्तिपुर प्रकाशन गृहमा अध्यक्ष्ँ कैलाश सिरोहिया निर्देशक स्वस्तिका सिरोहिया र छोरा सम्भव सिरोहियाको सक्रियता चासो र चिन्ता कमै देखिन थालेको व्यवस्थापन स्रोतले जानकारी दियो । सिरोहियाहरु अब शोभाका लागि मात्र बसेका हुन् कि भन्ने भान कर्मचारीहरुलाई पर्न थालेको स्रोत बताउछ ।

प्रधानसम्पादक वाग्लेभन्दा अघि नै भारतबाट कान्तिपुर छिरेका रिखी नामका विजनेश डाइरेक्टरको बोलबावा र हस्तक्षेप बढेको गुनासो छ । विजनेश डाइरेक्टर भएपनि रिखी प्रधानसम्पादक वाग्लेको कक्षमा बाक्लै छिर्न थालेका छन् । जबकि त्यसरी प्रधानसम्पादकको कक्षमा छिरेर सम्पादकलाई निर्देशन कैलाश सिरोहिया स्वंयले दिएको नदेखेको पत्रकाहरु सुनाउछन् ।

केही महिना अघि सर्कुेलेसन विभाग प्रमुख मनोज बस्नेतलाई पनि यिनै रिखीले मन पराएर भित्र्याएका हुन् । एक वर्षको अवधिमा सर्कुलेसन घटेको विश्वसनीयता पनि घटेकै कारण विज्ञापन ‘फ्लो’ घटेको छ । प्राय २० पेज भन्दा माथि नै छापिने कान्तिपुर आजकाल १६ पेजमा झरेको छ ।

त्यसमा पनि विज्ञापन भने कमै देखिन्छ । सिरोहिया परिबारले यसतर्फ कुनै चासो नदेखाएको व्यवस्थापन स्रोतको दावी छ । राजधानीतिर विज्ञापन आतंक उता झन् पछि झन् खस्किएको राजधानी दैनिकमा भने विज्ञापनको बेग्लै आतंक छाएको छ ।

कार्यकारी सम्पादक बनेका सागर पण्डितले समाचार होइन भाई हो विज्ञापन खोज भन्दै भ्यालीभित्र र बाहिरका पत्रकारलाई निर्देशन जारी गर्न थालेपछि सबै अचम्ममा परेको पत्रकारहरु चर्चा गर्दछन् । केही जिल्ला संवाददाताहरुले स्थानीय तहका जनप्रतिनिधिहरु सामू लाजैमर्दो अवस्था भएको गुनासा गर्दै आएका छन् ।

पण्डितले स्थानीय तहका कार्यकारी प्रमुख र जनप्रतिनिधिको अन्तर्वार्ता छाप्ने र भोलिपल्टै विज्ञापनको विल पठाउन ताकेता गरेपछि सबै आतंकित हुन थालेका हुन् । ‘समाचार यस्तो लेखौं भन्ने कुरै हुन्न । बार्गे्निंग गरेजसरी कार्यकारी सम्पादक विज्ञापन खोज्न लागेका छन् । तर, खासै पत्याएका भने छैनन्’ पूर्वाञ्चलका एक जिल्ला संवाददाताको गुनासो छ ।

पण्डितले काठमाडौतिर भने आफ्नै लगानीमा रहेको एक अनलाइनका लागि विज्ञापन जुटाउन लागेको मार्केटिङका एक कर्मचारीले सुनाए । ‘समाचार राम्रो हुन सके विज्ञापन खोजीखोजी आउछ । पत्रिका कहाँ ओरालो लागिसक्यो । पत्रकारलाई विज्ञापनतिर भिडाएर संस्थै डुबाउने काम भएको छ’ ती कर्मचारीले निरास हुँदै भने । साँघुन्यूजबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो’
‘लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो’
स्थानीय र सशस्त्र प्रहरी बिच झडप,  सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
स्थानीय र सशस्त्र प्रहरी बिच झडप, सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान
युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान
सिण्डिकेट तोड्ने सरकारका प्रतिनिधि यसरी परे यातायात व्यवसायीको घेरामा
सिण्डिकेट तोड्ने सरकारका प्रतिनिधि यसरी परे यातायात व्यवसायीको घेरामा
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुष बढे
सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुष बढे
नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्छ : कृष्णबहादुर महरा
नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्छ : कृष्णबहादुर महरा
राष्ट्रिय जनता दल नेपाल कम्युनिष्ट पार्टीमा गाभियाे
राष्ट्रिय जनता दल नेपाल कम्युनिष्ट पार्टीमा गाभियाे
प्रदेश नं २ का छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी
प्रदेश नं २ का छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी