देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
सारांश
- काठमाडौ ।
- मुलुकको ठूलो मिडिया ग्रुप कान्तिपुर(केएमजी)ले आफ्ना कर्मचारी, पत्रकारहरुलाई अहिलेसम्म सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नदिंदा ठूलो निरासा उत्पन्न छाएको पत्रकारहरु बताउछन् ।
- शंकास्पद ढंगले पुन प्रकाशन गृह छिरेका प्रधानसम्पादक नारायण वाग्लेप्रति आन्तरिक र बाह्य दुवैतिर असन्तुष्टी बढेको चर्चा पत्रकारहरु गर्दछन् ।
काठमाडौ । मुलुकको ठूलो मिडिया ग्रुप कान्तिपुर(केएमजी)ले आफ्ना कर्मचारी, पत्रकारहरुलाई अहिलेसम्म सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नदिंदा ठूलो निरासा उत्पन्न छाएको पत्रकारहरु बताउछन् । शंकास्पद ढंगले पुन प्रकाशन गृह छिरेका प्रधानसम्पादक नारायण वाग्लेप्रति आन्तरिक र बाह्य दुवैतिर असन्तुष्टी बढेको चर्चा पत्रकारहरु गर्दछन् । श्रमजीवी पत्रकारहरुको प्राप्तिमा काम गर्न नसकेपछि वाग्ले केएमजी हाउसभित्रै पनि घेराबन्दीमा परेका छन् ।
पत्रकार कर्मचारीको न्यूनतम पारिश्रमिक बढाउन व्यवस्थापनस“ग दवाव र समन्वय गर्नुपर्नेमा प्रधान सम्पादक वाग्ले उल्टै मालिकको पक्षमा उभिदै आएको आरोप पीडित पत्रकारहरुले लगाएका छन् । पैसा नबढाई सूचना तथा प्रसारण विभागको कार्ड पाउनुपर्ने तर्क उनले सरकारी पक्षसंग राखेका थिए भने सहकर्मी पत्रकारहरुलाई पनि यस्तै धारणा राख्न थालेको श्रमजीवी पत्रकार स्रोत बताउछ ।
कान्तिपुर छिरेको २०७६ असारमा एक वर्ष पुग्ने प्रधानसम्पादक वाग्लेले आउन साथ सुरुमा ३ महिना अध्ययन गर्न लाग्ने त्यसपछि सहकर्मीको तलब सुविधा बढाउने प्रतिवद्धतासहित काम थालेका थिए । प्रधानसम्पादक वाग्लेको वर्ष दिन पूरा हुन लाग्दा पनि सहकर्मी हितमा माखो नमारेपछि हरेक बैठकमा पत्रकारहरु उनीविरुद्ध खनिन थालेको खबर छ । प्रधानसम्पादक वाग्लेको केएमजीमा दोस्रो प्रवेशपछि ‘गुड–गुड’ होइन अब ‘ब्याड– ब्याड’ पो हुन थाल्यो भन्ने ब्यंग्य सुरु भएको छ ।
सरकारले न्यूनतम तलब दिएको रेकर्ड नपठाई सूचना तथा प्रसारण विभागले दिने प्रेस परिचयपत्र नदिने भनी कडाई गरेको छ । अन्नपूर्ण मिडिया नयाँ पत्रिकासहितमा यो समस्याको हल भइसकेको बताइन्छ । कान्तिपुरले भने सरकारले तोकेको सुविधा लागू नगर्दा पत्रकारहरु प्रेस पासबाटै बञ्चित हुनु परेको गुनासो प्राप्त भएको छ । यस विषयमा हरेक साता हुने केएमजीको बैठकमा पत्रकारहरुले प्रधानसम्पादक वाग्लेलाई जिज्ञासा राखे पनि उनी भने अन्य विकल्प प्रयोग गरेर सूचना ल्याउनु भन्दै टार्ने गरेको पत्रकारहरु गुनासो गर्छन् ।
प्रेस पास नभएपछि कान्तिपुरका पत्रकारहरु देशको मुख्य सूचना केन्द्र सिंहदरबार नै प्रवेश हुनबाट रोकिएका छन् । यो समस्याबारे चिफ रिपोर्टर बलराम बानियाँले अब म पत्रकारहरुलाई कसरी काम लगाउँ भनी बैठकमा कड्किएको बताइन्छ । सिंहदरबार मात्र होइन संसद, अदालत सबै ठाउँमा सूचना विभागको पासलाई नै मुख्य आधार मानिएको छ । प्रधानसम्पादक वाग्ले भने सांसद, कर्मचारी वा अन्यबाट दैनिक पास मागेर भित्र छिर्न पर्ने सुझाव दिन थालेपछि पत्रकाहरु दिक्क मान्न थालेका छन् । हु“दा हु“दा जो पत्रकारको साथमा विभागको पास छ उसैलाई सम्बन्धित विषयमा रिपोर्टिग गर्न लगाइन थालिएको छ ।
सिन्धुपाल्चोकमा लामोसमय काम गरी जिल्ला ब्यूरोमा काम गरेका क्रृषिराम पौडेलको पासको अवधि चार महिना भएको दुर्लभ उदाहरण भेटिएपछि उनैलाई संसद गतिविधि हेर्न पठाउन थालिएको छ । उनको त्यो बा“की चार महिनापनि यही असार मसान्तभित्र सकिने भएकोले अब कसरी छिर्ने होला भनी उनी संसदतिर रिपोर्टिंग गर्ने अन्य पत्रकारहरुसंग ठट्यौली गर्न थालेका छन् ।
प्रधानमन्त्री केपी ओली युरोप भ्रमणमा हुँदा कार्यवाहक प्रधानमन्त्री रहेका ईश्वर पोखरेलले राखेको पत्रकार भेटघाटमा पनि प्रधानसम्पादक वाग्लेले अनौठो तर्क राखेका थिए । प्रेस पास विनै सिंहदरबार संसद ओहोरदोहोर गर्न पाउनुपर्ने सूचनाको हक खोस्नु नहुने भन्ने तर्क राखेपछि अरु सम्पादकहरु ट्वाँ परेका थिए । यही तर्क कान्तिपुरका पत्रकारहरुको बैठकमा समेत उनले राखेको स्रोत बताउछ ।
तीन महिनापछि सुविधा बढेको चिठी आउला भनी कुरेर बसेका पत्रकारहरु प्रधानसम्पादक वाग्लेले यस्तो तर्क राख्न थालेपछि बैठकमै अनुपस्थित हुन थालेको पत्रकारहरुले साँघुलाई बताए । जनकराज सापकोटा, कृष्ण ज्ञवाली दीपेन्द्र विष्ट, देवेन्द्र भट्टराई अब्दुल्लाह मियासहितले ‘दाइले भनेको चिठी आउने कहिले हो’ भन्दै खिल्ली उडाउन थालेका छन् । पत्रकार विष्टले २०७६ असार ६ गते शुक्रबारको बैठकमा सेवा सुविधाको चिठ्ठी नआउन्जेल समाचार पनि के छ भन्ने विवरण नआउने बताएका थिए । त्यो पनि उपस्थित भएर हैन चिफ रिपोर्टर बलराम बानियाँ मार्फत मौखिक सन्देश पठाएर ।
कान्तिपुर पत्रिका पनि विज्ञापन, पेजमा ओरालो लाग्दै गएको र आफूलाई कान्तिपुरमा काम गर्छु भन्दा नि अब लाज लाग्ने अवस्था आएको दैनिकरुपमा पत्रकारहरु गुनासो गरिरहेका छन् । यस्तै अवस्था आए प्रधानसम्पादक वाग्लेलाई कार्यकक्षभित्रै घेराबन्दी गर्ने सांकेतिक विरोध गरेर पत्रकारका गुनासो व्यवस्थापन समक्ष पु¥याउनेसम्मको छलफल हुन थालेको खबर छ ।
कान्तिपुरले टेबुलमुनिबाट पत्रकारहरुलाई केही रकम थपिदिएपनि सरकारलाई देखाउने कागजमा भने कम तलव दिएको विवरण पठाउने गरेको बताइन्छ । श्रमजीवी पत्रकारहरुको पारिश्रमिक लागु गर्न सरकारले कडाई गरेको हो, जसमा सबै पत्रकारहरु नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल पत्रकारसम्बद्ध संगठनहरुको दह्रो साथ रहेको छ ।
केएमजीको ब्यवस्थापन सम्हालेका भारतीय नागरिक रिखीको दवाव बढेको बताइन्छ । भारतीय नागरिक रिखी हावी भएपछि पछिल्लो समय कान्तिपुर प्रकाशन गृहमा अध्यक्ष्ँ कैलाश सिरोहिया निर्देशक स्वस्तिका सिरोहिया र छोरा सम्भव सिरोहियाको सक्रियता चासो र चिन्ता कमै देखिन थालेको व्यवस्थापन स्रोतले जानकारी दियो । सिरोहियाहरु अब शोभाका लागि मात्र बसेका हुन् कि भन्ने भान कर्मचारीहरुलाई पर्न थालेको स्रोत बताउछ ।
प्रधानसम्पादक वाग्लेभन्दा अघि नै भारतबाट कान्तिपुर छिरेका रिखी नामका विजनेश डाइरेक्टरको बोलबावा र हस्तक्षेप बढेको गुनासो छ । विजनेश डाइरेक्टर भएपनि रिखी प्रधानसम्पादक वाग्लेको कक्षमा बाक्लै छिर्न थालेका छन् । जबकि त्यसरी प्रधानसम्पादकको कक्षमा छिरेर सम्पादकलाई निर्देशन कैलाश सिरोहिया स्वंयले दिएको नदेखेको पत्रकाहरु सुनाउछन् ।
केही महिना अघि सर्कुेलेसन विभाग प्रमुख मनोज बस्नेतलाई पनि यिनै रिखीले मन पराएर भित्र्याएका हुन् । एक वर्षको अवधिमा सर्कुलेसन घटेको विश्वसनीयता पनि घटेकै कारण विज्ञापन ‘फ्लो’ घटेको छ । प्राय २० पेज भन्दा माथि नै छापिने कान्तिपुर आजकाल १६ पेजमा झरेको छ ।
त्यसमा पनि विज्ञापन भने कमै देखिन्छ । सिरोहिया परिबारले यसतर्फ कुनै चासो नदेखाएको व्यवस्थापन स्रोतको दावी छ । राजधानीतिर विज्ञापन आतंक उता झन् पछि झन् खस्किएको राजधानी दैनिकमा भने विज्ञापनको बेग्लै आतंक छाएको छ ।
कार्यकारी सम्पादक बनेका सागर पण्डितले समाचार होइन भाई हो विज्ञापन खोज भन्दै भ्यालीभित्र र बाहिरका पत्रकारलाई निर्देशन जारी गर्न थालेपछि सबै अचम्ममा परेको पत्रकारहरु चर्चा गर्दछन् । केही जिल्ला संवाददाताहरुले स्थानीय तहका जनप्रतिनिधिहरु सामू लाजैमर्दो अवस्था भएको गुनासा गर्दै आएका छन् ।
पण्डितले स्थानीय तहका कार्यकारी प्रमुख र जनप्रतिनिधिको अन्तर्वार्ता छाप्ने र भोलिपल्टै विज्ञापनको विल पठाउन ताकेता गरेपछि सबै आतंकित हुन थालेका हुन् । ‘समाचार यस्तो लेखौं भन्ने कुरै हुन्न । बार्गे्निंग गरेजसरी कार्यकारी सम्पादक विज्ञापन खोज्न लागेका छन् । तर, खासै पत्याएका भने छैनन्’ पूर्वाञ्चलका एक जिल्ला संवाददाताको गुनासो छ ।
पण्डितले काठमाडौतिर भने आफ्नै लगानीमा रहेको एक अनलाइनका लागि विज्ञापन जुटाउन लागेको मार्केटिङका एक कर्मचारीले सुनाए । ‘समाचार राम्रो हुन सके विज्ञापन खोजीखोजी आउछ । पत्रिका कहाँ ओरालो लागिसक्यो । पत्रकारलाई विज्ञापनतिर भिडाएर संस्थै डुबाउने काम भएको छ’ ती कर्मचारीले निरास हुँदै भने । साँघुन्यूजबाट
प्रतिक्रिया