वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि तेजाब प्रहार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
३४ पटक हेरिएको
Shares
वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि तेजाब प्रहार

सारांश

  • काठमाडौं।
  • वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक किशोरीलाई एसिड ९तेजाब० खन्याइ घाइते बनाइएको छ।
  • विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन्।

काठमाडौं। वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक किशोरीलाई एसिड ९तेजाब० खन्याइ घाइते बनाइएको छ।विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन्। तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ। तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन्।

मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ। बिहान ६ बजे विद्यालय जानलागेकी युवतीमाथि सम्सादले तेजाब खन्याएको प्रत्यक्षदर्शी र पीडितले दिएको बयानका आधारमा पक्राउ उनलाई गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।उनले युवतीमाथि तेजाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको बताए। वीरगञ्जको रामटोलमा अवस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यलायको कक्षा १० मा मुस्कान अध्ययनरत रहेकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख २८ हजार संक्रमित
विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !
विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
सुमार्गीलाई संरक्षण दिइरहने शक्तिलाई पनि छानबिनको दायरामा ल्याइनुपर्छ-कान्तिपुर मिडिया ग्रुप
काठमाडौं महानगरद्वारा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु
काठमाडौं महानगरद्वारा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु
यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय
यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय
रासायनिक मल कारखाना स्थापना गर्न माग
रासायनिक मल कारखाना स्थापना गर्न माग
यार्सागुम्बा टिप्न पाटन लागे स्थानीयवासी
यार्सागुम्बा टिप्न पाटन लागे स्थानीयवासी
गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड
गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड
प्रधानमन्त्रीको सम्बोधन समेटेर बनेको एकीकृत कार्ययोजनामा के छ ?
प्रधानमन्त्रीको सम्बोधन समेटेर बनेको एकीकृत कार्ययोजनामा के छ ?
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त

तपाईंले छुटाउनुभयो कि?