कान्तिपुर दैनिकका पत्रकार कैनीमाथि हातपात : महासंघले गर्यो भत्र्सना
सारांश
- काठमाडौं, १ माघ ।
- कान्तिपुर दैनिकका गोरखा समाचारदाता सुदीप कैनीमाथि हातपात भएको छ ।
- आक्रमणकारीहरुले कैनीमाथि हातपात गर्नुका साथै क्यामेरा समेत फुटाइदिएको उल्लेख गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले उक्त घटनाको कडा शव्दमा भत्र्सना गरेको छ ।
काठमाडौं, १ माघ । कान्तिपुर दैनिकका गोरखा समाचारदाता सुदीप कैनीमाथि हातपात भएको छ । आक्रमणकारीहरुले कैनीमाथि हातपात गर्नुका साथै क्यामेरा समेत फुटाइदिएको उल्लेख गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले उक्त घटनाको कडा शव्दमा भत्र्सना गरेको छ ।
महासंघका उपाध्यक्ष विपुल पोख्रेलले सोमवार विज्ञप्ति जारी गर्दै दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि त्यसको प्रशासनलाई आग्रह गरेका छन् । विज्ञप्तिमा समाचार लेखेकै आधारमा र समाचारको थप अनुसन्धान गर्ने क्रममा क्रियाशील रहँदा पत्रकार आक्रमणको शिकार हुनु भनेको प्रेस स्वतन्त्रता बिरोधी घटना हो । राज्यको ध्यान तत्काल जाओस् ।”
घटनाका बारेमा पत्रकार महासंघ गोरखाका अध्यक्षसहितका पत्रकारहरुसँग थप बुझ्ने काम भइरहेको उल्लेख गर्दै भनिएको छ, “महासंघले घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।” राज्यले दोषीलाई कारबाहीको लागि दवाव दिन आन्दोलनमा उत्रनुपर्ने अबस्था आउन नदिन पनि राज्यपक्षसँग आग्रह गरिएको छ ।
प्रतिक्रिया