कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट पत्रिकामा अागाे दन्कियाे !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट पत्रिकामा अागाे दन्कियाे !

सारांश

  • धनगढी,  १७ असाेज ।
  • सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि राष्ट्रिय पत्रिकाहरुले गोदावरीका विरुद्ध समाचार लेखेको आरोप लगाउँदै बुधबार बिहान पत्रिका जलाइएका छन् ।
  •  अत्तरियाका युवाहरुले कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट पत्रिका गाडीबाट थुतेर जलाएका हुन् ।

धनगढी,  १७ असाेज । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि राष्ट्रिय पत्रिकाहरुले गोदावरीका विरुद्ध समाचार लेखेको आरोप लगाउँदै बुधबार बिहान पत्रिका जलाइएका छन् । अत्तरियाका युवाहरुले कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट पत्रिका गाडीबाट थुतेर जलाएका हुन् ।नेपालगञ्जबाट सुदूरपश्चिम प्रदेशमा पत्रिका ल्याउने क्रममा बुधबार बिहानै अत्तरिया चोकमा पत्रिका जलाइएको हो । गत शुक्रवार संसदको दुई तिहाई बहुमतले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेपछि राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाले ‘जंगल मासेर राजधानी बनाउदा पर्यावरणमा गम्भीर असर पुग्ने,’ ‘चुरे क्षेत्र खतरामा,’ ‘बाघको बाटोमा राजधानी’ लगायतका शिर्षक दिएर समाचार लेखेका छन् ।तर ति समाचारहरु गोदावरी राजधानीका विरुद्ध नियोजित रुपमा प्रकाशन गरिएको आरोप लगाउदै अत्तरियाका युवाहरुले पत्रिका जलाएका हुन् ।समाचारको विषयलाई लिएर पत्रिका जलाएको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुन शाहले भने, ‘यो कार्य अत्यन्तै निन्दनीय हो । पत्रिका जलाउनेलाई कडा कारबाही हुनुपर्छ ।’ ‘राजधानी कहाँ हुनुपर्छ भन्ने हाम्रो सरोकारको विषय हैन । त्यसले फाईदा घाटा के गर्छ, वातावरणमा कस्तो असर पार्छ भन्ने मुख्य सरोकारको विषय हो ।’ कान्तिपुर दैनिक प्रदेश व्यरोमा कार्यरत शाहले भने, ‘समाचारप्रति चित्त नबुझे अन्य कानुनी बाटो हुँदाहुँदै प्रेसमाथिको आक्रमण क्षम्य हुँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरणः छानबिनको माग गर्दै युवा संघको जुलुस
सुन तस्करी प्रकरणः छानबिनको माग गर्दै युवा संघको जुलुस
धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै
धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै
प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
बैतडीका दुई गाउँपालिका र दुई नगरपालिकामा मतगणना सुरु
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु
गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान
गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान
थाहा पाउनुहोस् बिहीबारको राशिफल
थाहा पाउनुहोस् बिहीबारको राशिफल
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित
एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित

तपाईंले छुटाउनुभयो कि?