स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ८, २०७४
|
|
४८ पटक हेरिएको
Shares
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको सुकेधारामा रहेको रारा संयूक्त उपभोक्ता समाजले विजयादशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
  • कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, पूर्वप्रहरी महानिरिक्षक कुबेरसिंह राणा र काठमाडौं महानगरपालिका वडा नं ४ का सदस्य धुव्र त्रिपाठी लगायत स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो ।

काठमाडौं । काठमाडौंको सुकेधारामा रहेको रारा संयूक्त उपभोक्ता समाजले विजयादशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, पूर्वप्रहरी महानिरिक्षक कुबेरसिंह राणा र काठमाडौं महानगरपालिका वडा नं ४ का सदस्य धुव्र त्रिपाठी लगायत स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिका उपपेयर खड्गीले यस क्षेत्रको विकास निर्माणका लागि महानगरपालिका रारा संयूक्त उपभोक्ता समाजसँग सहकार्य गर्दै काम गर्न तयार रहेको बताइन् । उनले खुल्ला र सार्वजनीक जग्गाको प्रयोगमा ल्याउन महानगरपालिका तयार रहेको उल्लेख गर्दै सो कार्यमा सहयोगका लागि समाजलाई आग्रह गरिन् ।

त्यस्तै उपभोक्ता समाजका अध्यक्ष रामहरी अधिकारीले सकारात्मक सोचका साथ काम गर्ने हो भने असम्भव भन्ने केही नरहेको भन्दै यस क्षेत्रको विकासमा लागि सबै एक भएर अघि बढ्नुपर्ने बताए । उनले सबैको साथ भए नमुनाबस्ती निर्माणका लागि दाताको भर पर्नु नपर्ने बताउदै यस क्षेत्रलाई नमूना बस्तीको रुपमा विकास गर्न समाज लागि परेको बताए ।

सोही कार्यक्रमबाट स्थानीयस्तरको सुरक्षाका लागि एक सय ५० घरधुरीलाई तत्काल सीसीक्यामेरा जडान गर्ने, आर्थिक सहजताका लागि सहकारी स्थापना गर्ने, फोहोर व्यवस्थापनका साथै मिथिला र रारा मार्गलाई पिच गर्ने पनि जनाइएको छ । त्यस्तै कार्यक्रममा समाजमा आवद्ध विद्यार्थी, समाजसेवीहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्ध एयरको जहाजमा मुसा भेटियो
बुद्ध एयरको जहाजमा मुसा भेटियो
ऐन संशोधन गर्न सरकार तयार
ऐन संशोधन गर्न सरकार तयार
एमाले सचिवालय बैठक बस्दै, दबावमा ओली
एमाले सचिवालय बैठक बस्दै, दबावमा ओली
नयाँबानेश्वरकाे एक फर्निचर उद्योगमा अागलागी
नयाँबानेश्वरकाे एक फर्निचर उद्योगमा अागलागी
मन्त्रिमण्डलको आकार बढ्ने भयो, को–को बन्दै छन् नयाँ मन्त्री ?
मन्त्रिमण्डलको आकार बढ्ने भयो, को–को बन्दै छन् नयाँ मन्त्री ?
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
भान्छामै जैविक तरकारी पु¥याउँछन् थारु महिला
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
एप्पलले ल्यायो भूउपग्रहसँग सम्पर्क र कार दुर्घटना पत्ता लगाउने क्षमता सहितको आईफोन र घडी सार्वजनिक
सरसफाइ अभियानमा सप्ताहव्यापी कार्यक्रम शुरु
सरसफाइ अभियानमा सप्ताहव्यापी कार्यक्रम शुरु
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?
सरकारको नीति र कार्यक्रम : के समाजवाद उन्मुखसम्बन्धी नीति परित्याग नै गरिएको हो ?
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ