प्रधानमन्त्री भन्छन्ः अब दल होइन, विकासका लागि कार्यदल

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
४९ पटक हेरिएको
Shares
प्रधानमन्त्री भन्छन्ः अब दल होइन, विकासका लागि कार्यदल

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलहरु विकासका लागि कार्यदल बन्नुपर्ने बताएका छन् ।
  • सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग सिंदरबारमा बुधबार आयोजित बैठकलाई सम्बोधन गर्दै अब सबै दलहरु देश विकासमा सक्रिय हुनुपर्नेमा जोड दिए ।
  • प्रदेश सभा गठन भएर सरकार पनि निर्माण भएको अवस्थामा अबको रणनीति निर्माणका लागि प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँगको बैठक राखेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलहरु विकासका लागि कार्यदल बन्नुपर्ने बताएका छन् । सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग सिंदरबारमा बुधबार आयोजित बैठकलाई सम्बोधन गर्दै अब सबै दलहरु देश विकासमा सक्रिय हुनुपर्नेमा जोड दिए ।

प्रदेश सभा गठन भएर सरकार पनि निर्माण भएको अवस्थामा अबको रणनीति निर्माणका लागि प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसँगको बैठक राखेका हुन् । ‘अब हामी राजनीतिक दलहरु देश विकासका लागि कार्यदल जस्तै बन्न सक्नुपर्छ’, ओलीले बैठकमा भने, ‘देशमा स्थायित्व र विकास तथा गरिबी निवारणलाई प्रमुख एजेन्डा बनाएर हामी हिँड्न सक्नुपर्छ ।’

प्रदेश सरकारका समस्यालाई आफूले गम्भीर रुपमा लिएको बताउँदै प्रधानमन्त्री ओलीले अब एकले अर्को प्रदेशसँग विकासका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताए । ‘प्रदेशहरुबीच विकासका लागि स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’, उनले भने, ‘अब गरिबी हटाउनुपर्छ, तराई–मधेसमा जाडोले कोही पनि मर्नु हुँदैन ।’

ओलीले प्रदेश सरकारले केन्द्रको मात्रै मुख ताकेर बस्न नहुने बताउँदै ओलीले आन्तरिक श्रोत बढी भन्दा बढी परिचालनमा पनि केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘प्रदेश सरकारलाई सञ्चालनका लागि अड्केका गाँठा फुकाउन म तयार छु’, उनले भने, ‘अब तपाईँहरु अघि बढ्नुस्, सबै मिलेर देशलाई समृद्ध बनाउनुपर्छ, हामीसँग चुप लागेर बस्ने समय छैन अब ।’

चीन–भारतसँग सहकार्य

प्रम ओलीले नेपालका लागि सबै छिमेकी देश उस्तै रहेको बताए । मुख्यमन्त्रीहरुसँगको बैठकलाई सम्बोधन गर्दै ओली दुई ठुला छिमेकी चीन–भारतसँग समदुरीमा रहेर देश विकासका लागि सहयोग लिनुपर्ने बताए ।

‘हाम्रा लागि दुवै छिमेकीको उत्तिकै महत्त्व छ’, ओलीले भने, ‘अब हामीले नेपाललाई समुन्नत बनाउन दुवै छिमेकीबाट बढी भन्दा बढी फाइदा लिनेतर्फ केन्द्रित हुनुपर्छ ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shashidhar Neupane

    बिष्वकाे जुनसुकै कुनामा बसेका किन नहुन बिज्ञहरुकाे टिम नेपालमा भित्र्याउन जरुरी छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?