ॐ अस्पतालमा यी उमेर पुगेका चिकित्सकले जागिर नपाउने
सारांश
- काठमाडाै, १६ कात्तिक ।
- ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.
- लि ले ७० बर्ष उमेर पुगेका चिकित्सकलाइ सेवामा प्रवेश नदिने भएकाे छ ।
काठमाडाै, १६ कात्तिक । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले ७० बर्ष उमेर पुगेका चिकित्सकलाइ सेवामा प्रवेश नदिने भएकाे छ । अाज अस्पताल प्रसासनले एक बिज्ञप्ति जारि गर्दै ७० बर्ष उमेर पुगेका चिकित्सकलाइ सेवामा प्रबेश नदिने र अस्पतालमा कार्यरत ७३ बर्ष उमेर पुगेका चिकित्सकलाइ अनिवार्य अवकाशकाे ब्यवस्था गरेकाे बताएकाे छ । अध्यक्ष उद्धव पौडेलको अध्यक्षतामा बसेको हस्पिटल संचालक समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
अस्पताल प्रशासनले ॐ हस्पिटलमा DM / MCH अध्ययन सम्पन्न गरि विशेषज्ञता हासिल गरेका युवा र दक्ष चिकित्सकको आकर्षण बढाउन, तिनलाई प्रोत्साहित गर्न र हस्पिटलले प्रवाह गर्ने स्वास्थ्य सेवालाई आधुनिक, प्रभावकारी र प्रविधि मैत्री बनाउन “ॐ हस्पिटल चिकित्सक कार्यविधि २०७५” कार्यान्वयनमा ल्याइएको पनि बिज्ञप्तिमा बताइएकाे छ ।
यस्तै ॐ हस्पिटलको सेवा विस्तार गर्ने क्रममा हाल हस्पिटल रहेको भवन संगैको आफ्नै जग्गामा १० तले सुविधा सम्पन्न, अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त, अपांग मैत्री एवं हेलिप्याड सुविधा सहितको भवन निर्माण गर्ने निर्णय पनि गरिएको बताइएकाे छ । अस्पतालका प्रवन्ध संचालक बाबु काजी कार्कीकाे हस्ताक्षर रहेकाे बिज्ञप्तिमा हस्पिटललाई उच्च प्रविधियुक्त बनाउँदै लैजाने क्रममा आगामी तिन महिना भित्र संचालनमा ल्याउने गरी MRI / Cath Lab जडान गर्ने प्रकृया प्रारम्भ गरिएको बताइएकाे छ ।
प्रतिक्रिया