एमाले भक्तपुरबाट उम्मेदवारको नामावली सिफारिस , पुर्बमन्त्रि महेश बस्नेत सर्बसम्मत ।

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २१, २०७४
|
|
१९ पटक हेरिएको
Shares
एमाले भक्तपुरबाट उम्मेदवारको नामावली सिफारिस , पुर्बमन्त्रि महेश बस्नेत सर्बसम्मत ।

सारांश

  • असोज २०, भक्तपुर,  ।
  • नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ ।
  • भक्तपुरमा आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि एमाल्रे भक्तपुरले उम्मेदवारको नामावली सिफारिस गरेको छ ।

असोज २०, भक्तपुर,  । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ । भक्तपुरमा आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि एमाल्रे भक्तपुरले उम्मेदवारको नामावली सिफारिस गरेको छ । प्रतिनिधि शभा २ निर्वाचन क्षेत्र, ४ प्रदेश क्षेत्र र समानुपातिक उम्मेदवारहरु समेत कुल २८ जनाको नाम सिफारिस गरेको छ । जसमा निर्वाचन क्षेत्र नं. २ मा एमालेका युवानेता, पूर्व उध्योग मन्त्री महेश बस्नेतको नाम लगभग सर्बसम्मत रुपमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस गरेको छ उहाँ सगैंका दबेदार राजेन्द्रमान श्रेष्ठको कमिटिको खासै समर्थन नरहेपछी जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले सहमतिमा सर्बसम्मतको पहल गर्ने जिम्मा लिएका छन।त्यस्तै निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा समानुपातिकतर्फ पुरान पंच ५७ सालमा राप्रपाबाट एमाले प्रबेश गरेका ८२ वर्षिय गणेश बहदुरको खत्री, तेस्तै गत ७० सालको संविधान शभाको निर्वाचनमा टिकट नपाएर माओबादी प्रबेश गरि नयाँ शक्ति पर्टी हुँदै पुन एमाले फर्केका निर्मल कुमार भट्टराईको नाम सिफारिस गरिएको छ भने महिला तर्फ मालती पौडेलको नाम सिसिफारिस गरेको छ ।

 निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा प्रत्यक्ष तर्फ एमाले भक्तपुरले चुनावी तालमेलमा समाबेश भएको एनेकपा माओवादीलाई छोडने मानसिकता बनाएको देखिन्छ। तर पनि औपचारिकताको लागि भएनी नाम सिफारिस गरेको छ । जसमा कृष्णराम गेलाल, प्रेमकुमार श्रेष्ठ र नारायणी दंगाल छन। निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा समानुपातिकतर्फ पुर्व जिबिस सभापति केदार अधिकारी, २२ सालमै नेमकिपा बाट बिद्रोह गरेर एमालेको राजनीति गरेका पुराना नेता नारायण भक्त बाटी र महिला तर्फ चाङ्गुनारायण नगरपालिकाका मेयर सोम मिश्रको श्रीमती मन्दिरा मिश्रकोनाम सिफारिस गरेको छ ।

प्रदेशतर्फ को को छन् ?

  यता प्रदेशसभातर्फ भने निर्वाचन क्षेत्र नं १ को प्रदेश निर्वाचन क्षेत्र नं (क) चाङ्गुनारायणमा प्रत्यक्षतर्फ जिल्ला सचिब हरिशरण लामिछानेको नाम सर्वसम्मत सिफारिस भएको छ । तर साबिक चाङ्गुनारायण गाबिसका पूर्व अध्यक्ष मोहनबिर श्रेष्ठको नाम जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले जिल्ला कमिटीबाट जबर्जस्त सिफारिस गरेकाछन। सोही प्रदेशसभाका लागि समानुपाति तर्फ राजु सुवेदी, शिबराम तिमल्सिना र महिला तर्फ सावित्री थापाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १ (ख) भक्तपुर, प्रदेशमा प्रत्यक्षतर्फ भक्तपुरका सफल र चर्चित ब्यबसायी रोमण शिलाकारको नम सर्वसम्मत सिफारिस गरेको छ।२ दिन अगाडी मात्र ६ सय ६४ जना दलबल सहित एमाले प्रवेश गरेका सिलाकार नेमकिपाको गढ मानिएको भक्तपुरमा नेमकिपालाई ठुलै चुनौती दिने उम्मेद्वारको रुपमा हेरिएको छ। सोही प्रदेशसभाका लागि समानुपातिकतर्फ पुरानो नेत्री सरस्वती बाटी, अघिल्लो संविधान शभा निर्वाचनमा नारायण मान बिजुक्छेसँग प्रतिस्पर्दा गरेकी महिला नेत्री रन्जु नापित र पिछडिएको जातिको प्रतिनिधित्व गर्ने पुराना नेता माइला बाबू द्देउला को नाम सिफारिस गरेको छ ।

त्यसैगरी प्रदेशसभातर्फ भने निर्वाचन क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र नं (क) सूर्यविनायकमा प्रत्यक्षतर्फ पार्टी जिल्ला अध्यक्ष राजेन्द्र राजथला र गत स्थानीय तहको निर्वाचनमा सुर्यबिनायक नपाको मेयरको प्रबल दाबेदार सशिजंग थापाको नाम सिफारिस भएको छ । गत निर्वाचनमा सोही नगर बस्ने पुर्व मन्त्री महेश बस्नेत सगँ मतभेद भएको कारण उनले टिकट नपाएकाहुन। एमाले अध्यक्ष केपी ओलीका सर्है नै निकट मानिने महेश बस्नेतले ५७ सालमा गणेश बहादुर खत्री सगैं एमाले प्रबेश गरेका बसुदेब थापालाई टिकट दिलाए। 

 थापालाई टिकट मात्र दिलाएनन रातदिन खटेर नगरपालिकाको १० वोटा वोडा मध्य ८ वोडा सहित बिजय गराए र यो क्षेत्रमा आफ्नो जबर्जस्त प्रभाब सिद्द गरे। उनी अहिले यो प्रदेशमा सशिजंगलाई टिकट दिलाएर आफ्नो बिग्रीएको सम्बन्ध सुधार्न चहान्छन । तर जिल्ला अध्यक्ष राजथला कुनै मनेमा छोड्ने पक्षमा देखिनन कमिटिका अधिकाङ्स सशिजंगको पक्षमा रहेको भएतापनी राजथला समेत ओलि प्यानलको भएको र भक्तपुरमा जातिय सन्तुलन मिलाउन पनि नेवार उम्मेदवारको खाचो पर्ने भएकोले एस पटक पनि शशी जंगको टिकट पलामको चिउरा चपाउनु सरहनै मनमनिन्छ। त्यसै गरि सोही प्रदेशमा समानुपातिकतर्फ चित्र बहधुर अछामी, धुर्वराज बिष्ट र महिला तर्फ सरिता भट्टराईको नाम सिफारिस भएको छ  ।  

त्यस्तै प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र नं (ख) मध्यपुरथिमिमा प्रत्यक्षतर्फ जिल्ला उपाध्यक्ष बचन देउजाको नाम सर्वसम्मत सिफारिस गरेको छ तर अधिकांस नेवार नेताहरुले मध्यपुरमा नेवार नहुदा कांग्रेसको आधार क्षेत्र मानिएको यो क्षेत्र जितिदैन भनेर आक्रोशित छन । जिल्ला कमिटीको बैठक चलिरहेको बेलामा प्रेमानन्दलाल श्रेष्ठ, बिष्णु श्रेष्ठ लगाएतका नेताहरु बचनको बिरुद्ध डेलिगेशन गएका थिए। उनिहरुको माग राजेन्द्रमान श्रेस्ठ लाई उठाउनु पर्छ भन्ने छ। येता कांग्रेस संग असन्तुष्ट रहेका गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका मेयरका उम्मेदवार अष्ट कँवेलाई हराएर एमालेका मदन सुन्दर श्रेस्ठलाई जिताउन सहयोग गरेका पुर्व मेयर मदन कृष्ण श्रेष्ठ एमालेमा प्रवेश गरेर उम्मेदवार बन्ने चर्चा चलेको छ।  

तेस्तै सोही प्रदेशमा समानुपातिकतर्फ ३ बर्ष अघाडी राप्रपा बाट एमाले प्रबेश गरेका चाणक्य कलेजका संचालक पुर्व उपमेयर चन्दनकृष्ण श्रेष्ठ, युवा नेता दिपेन्द्र थापा र जिल्लाकै पुरानो नेत्री सुशिला सुबेदीको नाम सिफारिस गरेको छ । आजै बसेको जिल्ला कमिटीको बैठकले क्षेत्रीय कमिटीले सिफारिस गरेको नामहरुलाई जस्ताको तस्तै केन्द्रमा पठाउने र प्रत्यक्ष तर्फ सर्वसम्मत गर्ने जिल्ला पदाधिकारी र इन्चार्जलाई जिम्मेवारी दिएको छ। त्यसै गरी समानुपातिक उम्मेदवार बन्न चहाने अन्य ब्यक्तिहरुको नामपनी केन्द्रिय कमिटिमा पठाउने निर्णय गरेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Amar Ghotane

    नजित्ने मुलाको साग के को सर्बसम्मत?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?