राजदूत निरञ्जन थापा फिर्ता, अञ्जान शाक्य इजरायलका लागि नयाँ राजदूत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २९, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ कात्तिक ।
  • सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ ।
  • गत अाइतबार  बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने निर्णय गरेको हाे ।

काठमाडौं, २९ कात्तिक । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । गत अाइतबार  बसेको मन्त्रिपरिषद् बैठकले थापालाई फिर्ता बोलाउने निर्णय गरेको हाे । उनलाई तीन साताको म्याद दिइएको छ । रिक्त भएको राजदूत पदमा अञ्जान शाक्यलाई सिफारिस गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । राप्रपाका नेता समेत रहेका थापालाई प्रचण्ड सरकारले राजदूत बनाएको थियो ।

साथै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । त्यस्तै, मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको करिव ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याइएको छ । साथै सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई १० लाख राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?