देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १८, २०७६
|
|
३३ पटक हेरिएको
Shares
देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

सारांश

  • काठमाडौं।
  • पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

काठमाडौं। पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। “वर्षा लगातार नभई केही समय रोकिँदै फेरी शुरु हुने छ”, मौसमविद् मानन्धरले भनिन्।

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
जंगली सुँगुरको पेटबाट निक्लियो यस्तो चिज, रातरात करोडपति बन्यो किसान
जंगली सुँगुरको पेटबाट निक्लियो यस्तो चिज, रातरात करोडपति बन्यो किसान
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
जबरजस्ती करणीका फरार अभियुक्त मृत फेला
जबरजस्ती करणीका फरार अभियुक्त मृत फेला
सन्जुले रच्याे इतिहास, सलमान र अामिर पछि परे
सन्जुले रच्याे इतिहास, सलमान र अामिर पछि परे
वाणिज्य बैंकहरुले ब्याजदर घटाउदै
वाणिज्य बैंकहरुले ब्याजदर घटाउदै
महेश बस्नेतको शुभकामना, कांग्रेसको छायाँ सरकार ३० वर्ष टिकोस
महेश बस्नेतको शुभकामना, कांग्रेसको छायाँ सरकार ३० वर्ष टिकोस
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
पौडेलले भने अन्तरघातको जिम्मा सबै देउवाले लिनुपर्छ।
पौडेलले भने अन्तरघातको जिम्मा सबै देउवाले लिनुपर्छ।
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने
रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामाथिकाे सुनुवाइ बुधबार हुने

तपाईंले छुटाउनुभयो कि?