कामचोर प्रवृत्तिलाई तह लगाउन प्रधानमन्त्री कार्यालयले थाल्यो ट्र्याकिङ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ असार ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालयहरुमा पठाइएका हरेक पत्रहरुको ट्र्याकिङ गर्न शुरु गरेको छ ।
  • कामचोर प्रवृत्तिलाई तह लगाउन प्रधानमन्त्री कार्यालयले यस्तो प्रणालीको शुरुवात गरेको हो ।

काठमाडौं, १९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालयहरुमा पठाइएका हरेक पत्रहरुको ट्र्याकिङ गर्न शुरु गरेको छ । कामचोर प्रवृत्तिलाई तह लगाउन प्रधानमन्त्री कार्यालयले यस्तो प्रणालीको शुरुवात गरेको हो ।

महिनाभरिमा कुन कुन मन्त्रालयमा कति पत्रहरु पठाइए र त्यसको कार्यान्वयनको अवस्था के कति भयो भन्ने व्यहोराको पत्रसहित प्रत्येक मन्त्रालयमा चिठी पठाइएको प्रधानमन्त्रीको निजी सचिवालयका शाखा अधिकृत विवेक घिमिरेले बताए । यसरी पत्र पठाउँदा तिथि मिति, निवेदकको नाम, पत्रको विषयसहित सक्कलै पत्रहरु नै संलग्न गरेर पठाउने भएकोले पत्र आइपुगेन, भेटिएन भनेर पन्छिन नसक्ने उनको भनाई छ ।

यसरी ट्र्याकिङ गर्न शुरु गरेपछि मन्त्रालयहरुले छिटो जवाफ दिन थालेका छन् । कुन पत्रको के कारवाही भयो भनेर निरन्तर फलोअप गर्न थालेपछि अहिले हरेक पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आउने गरेको उनले बताए । प्रधानमन्त्री कार्यालयबाटै पठाइएका पत्रहरुको बारेमा के भयो भन्नेबारे प्रधानमन्त्री कार्यालयलाई जानकारी नहुने र कतिपय अवस्थामा आलटाल गर्ने गरेको पाइएकोले हरेक कार्यालयलाई जिम्मेवार बनाउन एक जना फोकल पर्सन तोक्न समेत निर्देशन दिइसकिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए ।

निश्चित कर्मचारीलाई नै तोकेर जिम्मेवार बनाउँदा कसैले पनि पन्छिन र आलटाल गर्न नसक्ने भएकोले फोकल पर्सन तोक्न भनिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?