स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ४, २०७९
|
|
२० पटक हेरिएको
Shares
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

सारांश

  • काठमाडौं, ४ जेठ ।
  • स्थानीय तहको चुनावमा नेपाली काँग्रेस पहिलो दल बन्ने निश्चित भएको छ ।
  • काँग्रेसले २०९ पालिका जितिसकेको छ जुन प्रतिष्पर्धी दलहरुले उछिन्न नसक्ने गणित हो ।

काठमाडौं, ४ जेठ । स्थानीय तहको चुनावमा नेपाली काँग्रेस पहिलो दल बन्ने निश्चित भएको छ । काँग्रेसले २०९ पालिका जितिसकेको छ जुन प्रतिष्पर्धी दलहरुले उछिन्न नसक्ने गणित हो ।

काँग्रेसले ११४ पालिकामा अग्रता बनाइरहेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले १३० पालिका जितेको छ । उसले ६४ मा अग्रता बनाएको छ । अग्रता बनाएको समेत जोड्दा पनि एमालेले काँग्रेसलाई भेट्न सक्दैन ।

नेकपा माओवादी केन्द्रले ९० पालिका जित्दा २८ मा अग्रता बनाइरहेको छ । जसपाले ८ पालिका जित्दा २५ मा अग्रता बनाइरहेको छ ।

नेकपा एसले ७ जित्दा १३ मा अग्रता बनाइरहेको छ । लोसपाले १० मा अग्रता बनाइरहेको छ ।

अन्य दल र स्वतन्त्रले १५ पालिका जितेका छन् । उनीहरुले १२ मा अग्रता बनाइरहेका छन् ।

पालिका जितेका दलमा राप्रपा र जनमत पार्टी पनि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?